चार खेलको वानडे सिरिजमा यूएईलाई अग्रता « Khabarhub

चार खेलको वानडे सिरिजमा यूएईलाई अग्रता


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- घरेलु टिम यूएईले आयरल्याण्डविरुद्धको चार खेलको वानडे सिरिजमा अग्रता लिएको छ ।

आबुधाबीमा शुक्रबार भएको पहिलो एकदिवसीयमा यूएईले आयरल्याण्डलाई ६ विकेटले पराजित गरेको हो ।

आयरल्याण्डले दिएको २ सय ७० रनको लक्ष्य यूएईले ४९ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्‍यो ।

यूएईको जितमा चुन्दानगापोयिल रिजवान र मुहमद उस्मानले शतकीय इनिङ्स खेले ।

रिजवानले १ सय ९ रन बनाउँदा उस्मानले अविजित १ सय १ रन बनाए । वाहिद अहमेदले अविजित १८ र जवार फारिडले १५ रन बनाए । आयरल्याण्डका बारी म्याककर्थी र कुर्टिस काम्फरले २/२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले ५० ओभरमा ५ विकेट गुमाएर २ सय ६९ रन बनाएको थियो ।

आयरल्याण्डका पाउल स्ट्रर्लिङले अविजित रहदै १ सय ३१ रनको शतकीय इनिङ्स खेले । एन्डी बल्ब्रिनेले ५३ तथा कुर्टिसले २४ रन बनाए । यूएईका रोहन मुस्तफाले २ विकेट लिए ।

जितसँगै चार खेलको सिरिजमा यूएईले १-० को अग्रता बनाएको छ ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ६ : ५९ बजे

रास्वपा सांसद न्यौपानेको प्रश्न- ३५ वर्षको समस्या ३५ दिनमै कसरी हल हुन्छ ?

विगतमा उत्तरदायी र पारदर्शी राजनीति हुनुपर्छ भनेर सडकबाट आवाज उठाउने

स्वास्थ्य अवस्था गम्भीर बनेपछि पूर्वराष्ट्रपति टोलेडोले मागे मानवीय माफी

लिमा- भ्रष्टाचारसम्बन्धी मुद्दामा २० वर्षको जेल सजाय भोगिरहेका पेरुका पूर्वराष्ट्रपति अलेजान्ड्रो

मिडियामा गाडी पार्किङबारे रविले भने- रास्वपाकै कार्यकर्ता भए पनि कारबाही हुनुपर्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारगृहबाहिर पार्किङ गरिएका

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी– मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो समय आन्तरिक

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन– नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि यातायात सञ्चालन