मोटरसाइकलमा सवार आफ्नै साथीमाथि खुकुरी प्रहार गरेपछि « Khabarhub

मोटरसाइकलमा सवार आफ्नै साथीमाथि खुकुरी प्रहार गरेपछि


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्घाखाँचीका एक युवकले मोटसाइलमा हिँडिरेको बेला बीच बाटोमा रोकेर आफ्नै साथी माथि खुकुरी प्रहार गरेका छन् ।

प्रहरीका अनुसार, अर्घाखाँचीको छत्रदेव केरुङ्गाका सुवास भुसालले सोही ठाउँका कैलाश भुसाललाई रुपन्देही र पाल्पाको सिमाना बल्ढेङगढीमा खुकुरी प्रहार गरेका हुन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लका अनुसार खुकुरी प्रहार गर्ने सुवास अहिले प्रहरी नियन्त्रणमा छन् भने घाइते कैलाशको बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

कैलाशको बाँया हात र गर्धनमा गहिरो चोट लागेको छ । नाताले  कैलाश र सुवास दाजुभाइ हुन । प्रहरीका अनुसार उनीहरु दुबैजना एउटै मोटरसाइकलमा अर्घाखाँचीबाट रुपन्देहीको बुटवल आउँदै गर्दा बाटोमा कैलाश माथि खुकुरी प्रहार भएको हो ।

उनीहरुबीच लेनदेनको कागजपत्र समेत भेटिएका कारण सोही विषयमा विवाद भएको हुनसक्ने प्रहरीले जाएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ७ : १४ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर