छाडा चौपाया हुम्ला पठाइयो | Khabarhub Khabarhub

छाडा चौपाया हुम्ला पठाइयो


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली- प्रदेश राजधानी वीरेन्द्रनगरका सडक तथा बजार क्षेत्रमा छाडा अवस्थामा रहेका पशु चौपायालाई हुम्ला पठाइएको छ ।

छाडा पशु चौपायाको उचित व्यवस्थापन गर्न उच्च अदालतले परमादेश जारी गरेपछि वीरेन्द्रनगर नगरपालिकाले पहिलो चरणमा हुम्लास्थित कृषि फर्मलाई पठाइएको हो ।

अदालतले बुधबार वीरेन्द्रनगर नगरपालिकालाई छाडा अवस्थामा रहेका पशु चौपाया तत्काल व्यवस्थापन गर्न परमादेश जारी गरेको थियो ।

नगरपालिकाले बिहीबारसम्म सडकमा छाडिएका पशु चौपाया लैजान सार्वजनिक अपिल गरेको थियो ।

नगरपालिका वातावरण तथा अनुगमन उपशाखा प्रमुख यामलाल गिरीले कोही सम्पर्कमा नआएपछि शुक्रबार १०० पशु चौपाया हुम्लाको खार्पुनाथ गाउँपालिकातर्फ पठाएको जानकारी दिए ।

त्यहाँको कृषि फर्मले गाई तथा गोरु उपलब्ध गराइदिन नगरपालिकासँग लिखित अनुरोध गरेपछि पठाइएको उहाँको भनाइ छ ।

उपशाखा प्रमुख गिरीले बाँकी चौपाया क्रमशः मागका आधारमा पठाउने गरी समन्वय भइरहेको बताए । वीरेन्द्रनगरका सडकमा करीब ५०० छाडा पशु चौपाया रहेको तथ्याङ्क छ ।

छाडा पशु चौपायाका कारण सडकमा दुर्घटनाको जोखिम बढ्नुका साथै सवारीसाधनलाई आउजाउमा समस्या हुने गरेको छ ।

कानूनले सडकमा छाडा पशु र चौपाया व्यवस्थित गर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ८ : ४० बजे

एसीसी यु–१६ फाइनल : सिंगापुरद्वारा नेपालसामु ११४ रनको लक्ष्य

काठमाडौं– १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेटको फाइनलमा

किसानलाई अनुदानमा हाते ट्रयाक्टर वितरण

गोरखा– गोरखा नगरपालिका– ८ ले कृषिलाई प्रविधिमैत्री बनाउन किसानलाई अनुदानमा

विदेशबाट फर्किएर ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेती 

खोटाङ– खोटाङको रावाबेँसी गाउँपालिका– ६ हौँचुरका सरोज खालिङ राई रोजगारीको

कार दुर्घटनामा ज्यान गुमाएका फुटबलर डिएगो जोटाको अन्त्येष्टि

पोर्चुगल – बिहीबार कार दुर्घटनामा ज्यान गुमाएका फुटबलर डिएगो जोटा

राजा महेन्द्रले मन पराएको महेन्द्रनगर !

काठमाडौं – २०११ साल साउन ८ गते शुक्रबारदेखि लगातार पाँच