किन रोइन् स्वस्तिमा ‘हजार जुनीसम्म’ को शूटिङमा ? « Khabarhub

किन रोइन् स्वस्तिमा ‘हजार जुनीसम्म’ को शूटिङमा ?


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समयकी ‘हट’ नायिकामा पर्छिन् नायिका स्वस्तिमा खड्का । फिल्म ‘बुलबुल’ मार्फत अभिनयमा जादु देखाएकी स्वस्तिमाले फिल्म ‘कुटुमा कुटु’ गीतको भिडियोबाट पनि उत्तिकै चर्चामा थिइन् । यतिबेला भने स्वस्तिमाले मुख्य भूमिकामा अभिनय गरेको फिल्म ‘हजार जुनीसम्म’ को गीत सार्वजनिक गरिएको छ ।

सोमवार काठमाडौंमा फिल्मको ‘एमजी रोडैमा’ बोलको गीत सार्वजनिकीकरण कार्यक्रममा स्वस्तिमाले फिल्म ‘हजार जुनीसम्म’ को छायांकनका बेला आफूले रुनुपरेको बताइन् ।

‘विकास दाइ मेरा लागि ड्याडीजस्तो हुनुहुन्छ, उहाँले मलाई हरेक फिल्ममा गाली पनि गर्नुहुन्छ । यो फिल्मको शूटिङमा त झन् कराउनुभयो, म रोएँ । रमाइलो पनि भयो, मलाई छोरीजस्तो गर्नुहुन्छ ।’, स्वस्तिमाले सुनाइन् । उनले यसो भन्दा नजिकै उभिएका निर्देशक विकासराज आचार्य मुसुमुस हाँसे । स्वस्तिमाले फिल्मका लागि निकै मेहनत गरेको पनि बताइन् ।

विकास राज आचार्यले निर्देशन गरेको ‘हजार जुनीसम्म’ मा सामीप्यराज तिमिल्सिना र निर्देशक आचार्यको स्किृप्ट र कथा छ । फिल्ममा आर्यन सिग्देल, प्रियंका कार्की, सञ्चिता लुइँटेल, सलोन बस्नेत, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय छ ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ७ : २५ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल