बिहे चलिरहँदा बेहुला प्रेमिका लिएर मण्डपबाटै भागे, बेहुलीले गरिन जन्तीसँगै बिहे « Khabarhub

बिहे चलिरहँदा बेहुला प्रेमिका लिएर मण्डपबाटै भागे, बेहुलीले गरिन जन्तीसँगै बिहे


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बिहे चलिरहेका बेला बेहुलाले आफ्नी प्रेमिका लिएर मण्डपबाटै भागेपछि बिहे गर्न लागेकी बेहुलीले जन्तीमध्येबाट एक युवक रोजेर उनीसँग त्यही मण्डपमा बिहे गरेकी छिन् ।

भारतको कर्नाटक राज्यको चिकमंगलुरु जिल्लामा यस्तो रोचक घटना भएको हो । बेहुलाले हुनेवाली पत्नीलाई मण्डपमा छोडेर प्रेमिकासँग भागे । बेहुलीले पनि निर्णय लिन ढिलो गरिनन् । उनलदे तत्कालै बिहेमा जन्ती आएका एक युवकसँग बिहे गरिन् ।

बैंगलुरु मिररको रिपोर्टअनुसार नवीन र अशोक नाम गरेका दुई दाजुभाइको एकैपटक बिहे हुन लागेको थियो । अशोकको त बिहे भयो तर नवीन भने बिहे बीचमै छाडेर प्रेमिकासँग भागे । नवीनले बिहेको सबै रिती रिवाजमा भाग लिए तर जब सात वचनको बेला भयो त्यसपछि भने नवीनले जीवनसाथी नै बदलिदिए ।

खासमा बिहेको दिन नै नवीनकी प्रेमिकाले आएर नवीनलाई यदि उनले सिन्धुसँग बिहे गरे भने विवाह समारोहमा आएर विष पिउने र सबै विवाह कार्यक्रम भताभुंग पारिदिने धम्की दिएकी थिइन् ।

यही डरका कारण नवीन बिहे बीचमै छाडेर भागेका थिए । नवीन भागेपछि यो फिल्मी नाटक त्यत्तिकै रोकिएन । सिन्धुले पनि तत्कालै बिहेमा आएका पाहुनाहरुमध्येबाट आफूलाई सुहाउँदो वर खोज्न थालिन् ।

अन्ततः सिन्धुले चन्द्रप्पा नामका युवकलाई आफ्नो जीवनसाथी रोजिन् । चन्द्रप्पा बिहेमा जन्ती आएका थिए र पूरै घटनाको प्रत्यक्षदर्शी थिए । चन्द्रप्पा बीएमटिसीमा बस कण्डक्टर छन् । दुवै परिवारको सहमतिपछि सिन्धु र चन्द्रप्पाको पूरै रितीरिवाजका साथ बिहे भएको हो ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ७ : १३ बजे

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर– सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

ढोरपाटन– बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु

मुगुमा ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत- मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६

राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण

विश्वकप : रोनाल्डो-रिभाल्डोपछि एम्बाप्पे र डेम्बेलेको नाममा बन्यो दुर्लभ कीर्तिमान

काठमाडौँ – फिफा विश्वकप २०२६ मा फ्रान्सेली स्ट्राइकरद्वय किलियान एम्बाप्पे