सप्तरीमा आगलागीबाट तीन घर जलेर नष्ट « Khabarhub

सप्तरीमा आगलागीबाट तीन घर जलेर नष्ट


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ स्थित लोखरम टोलमा आगलागीमा परी गाईगोठसहित तीन घर जलेर नष्ट भएको छ ।

स्थानीय राजदेव सुतिहारको गाईगोठमा लागेको आगोले उहाँको गाईगोठ पूर्ण रुपमा जलेको छ । अचानक लागेको आगोले सुतिहारको गाईगोठका साथै छिमेकी गोसाईं सुतिहार र कृष्णा सुतिहारको एक/एक घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट नगदजिन्सी, खाद्यन्न, लताकपडालगायत रु १५ लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको पीडितको भनाइ छ । यस्तै सोही आगलागीमा परि सात वटा पशुचौपाया जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आगोलाई राजविराज नगरपालिकाको बारुणयन्त्र, सशस्त्र र नेपाल प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा लिएको थियो ।

सो टोलमा गत पुस ११ गते सोनाई सुतिहार तथा महावीर साहको घरमा आगलगी हुँदा लाखौँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको थियो ।

 

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  १० : ०० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना