गोरखाबाट हिँडेको एकीकरण पदयात्राको टोली भोलि काठमाडौँ आइपुग्ने | Khabarhub Khabarhub

गोरखाबाट हिँडेको एकीकरण पदयात्राको टोली भोलि काठमाडौँ आइपुग्ने


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पुस २१ गते गोरखा दरबारबाट शुरु भएको गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्राको टोली भोलि (आइतबार) काठमाण्डौ आइपुग्ने भएको छ ।

पृथ्वीनारायण शाह हिँडेको बाटो हुँदै गोरखाबाट हिँडेको नेपाली सेनाको टोली आइतबार बेलुकी ५ बजे हनुमान ढोका दरबार आइपुग्ने नेपाली सेनाले जनाएको छ ।

नुवाकोटको ककनीबाट हिँडेको टोली पाँचमाने हुँदै बिहान तीनपिप्ले आइपुग्नेछ । त्यहाँ पालिका तथा स्थानीयवासीद्वारा पञ्चेबाजा एवं झांकीसहित स्वागत गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि नेपाली सेनाको टोली पृथ्वीनारायण विद्यालय बालाजू बाइपास, सोह्रखुट्टे, नरदेवी हुँदै हनुमानढोका दरबार पुग्ने कार्यक्रम रहेको छ ।

हनुमानढोका दरबारमा पदयात्रा टोलीलाई पालिकाका प्रतिनिधि, गुठी, क्लबहरु, सर्वसाधारण लगायतले स्वागत गर्नेछन् ।

साँझ श्री शम्शेरदल गणले हनुमानढोकामा तैनाथ श्री शार्दुलजंङ्ग गुल्मलाई सैनिक ड्रिलको प्रदर्शनसहित राष्ट्रिय झण्डा, टर्च तथा पृथ्वीनारायण शाहले बनाएका सेनाका ५ वटा कम्पनीका झण्डा हस्तान्तरण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ११ : ३० बजे

कांग्रेस महामन्त्री शर्मा भैरहवा धाएको धायै

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि हुन गइरहेको उपनिर्वाचनको सरगर्मी बढेसँगै नेपाली

कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण

कञ्चनपुर– जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक

काभ्रेका भुम्लुबासीले ५० वर्षपछि पाए लालपूर्जा

काभ्रे– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडाबासीले ५० वर्षपछि आफ्नो जग्गाको

८४ फिट अग्लो बुद्धको प्रतिमा निर्माण गरिँदै

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालमा गाउँपालिकामा भगवान् गौतम बुद्धको ८४ फिट