डा. केसीले दिए ओलीलाई ‘श्री ७ महाराज’ को संज्ञा « Khabarhub

डा. केसीले दिए ओलीलाई ‘श्री ७ महाराज’ को संज्ञा


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिकित्सक क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले संसद विघटन गरेर सरकारले निरंकुश काम गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा विघटनको विरुद्धमा नागरिक अगुवाहरुले शनिबार काठमाडौंमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन पुगेका डा केसीले जनताको संघर्षबाट ल्याएको संविधानको रक्षा गर्नु मतदाताको कर्तव्य भएको बताए ।

उनले संविधानले नदिएको अधिकार प्रयोग गरी संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको शैली ’श्री ७’ महाराजको जस्तो भएको टिप्पणी गरे ।

डा केसीले प्रधानमन्त्री, राष्ट्रपति, मन्त्री कोही पनि नभई संविधान सर्वोपरी भएकाले त्यसको पालना नभए जनता सडकमा आउनुपर्ने जिकिर गरे । संसद् विघटनको मुद्दा सर्वोच्चमा रहेको र त्यहाँबाट ओलीको कदमलाई रोक्ने आशन रहेको डा. केसीले बताए ।

कार्यक्रममा नागरिक अगुवाहरुले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै नागरिक सचेत हुनुपर्ने बेला आएको धारणा राखेका थिए ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ११ : १२ बजे

भारतमा पटाका कारखानामा विष्फोट, २१ जनाको मृत्यु

नयाँदिल्ली – भारतमा शनिबार एक पटाका कारखानामा विस्फोट हुँदा कम्तीमा

इरानको बालिका विद्यालयमा इजरायली नरसंहार, मारिनेहरूको संख्या ८५ पुग्यो

काठमाडौं- इरानको मीनाब सहरस्थित बालिका प्राथमिक विद्यालयमा भएको इजरायली हमलामा ज्यान

राजनीतिक दलद्वारा मध्यपूर्वमा रहेका नेपालीको सुरक्षामा ध्यान दिन सरकारसँग आग्रह

काठमाडौं – विभिन्न राजनीतिक दल र दलका नेताहरूले मध्यपूर्वमा रहेका

कतारमा घरबाहिर निस्किन नपाइने, दुबईको होटलमा मिसाइल खस्दा चारजना घाइते

दोहा- कतारको गृह मन्त्रालयले इरानी आक्रमणबीच देशका बासिन्दालाई ‘घरभित्रै बस्न’

पाकिस्तानले श्रीलंकालाई २१३ रनको विशाल लक्ष्य

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत सुपर–८ चरणको खेलमा