अझै रोकिएन महिला तथा बालबालिका हराउने क्रम « Khabarhub

अझै रोकिएन महिला तथा बालबालिका हराउने क्रम


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – जिल्लामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराउने क्रम भने वृद्धि हुँदै गएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि यही पुस २५ गतेसम्म ४६ महिला, बालबालिका र ज्येष्ठ नागरिक हराएका छन् ।

जिल्ला प्रहरी कार्यालयको अनुसार हराएका ती मध्ये ३५ महिला, नौ बालिका, एक बालक र एक ज्येष्ठ नागरिक रहेका छन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख नन्दुकुमारी अधिकारीले हराएकामध्ये १८ महिला, पाँच बालिका, एक बालक र एक ज्येष्ठ नागरिक रहेका छन् ।

त्यस्तै १७ महिला, चार बालिका अझै फेला नपरेको प्रहरीले जनाएको छ । फेला नपरेका ती महिला तथा बालिकाहरुको प्रहरीले खोजी जारी राखेको उनको भनाइ छ ।

त्यस्तै गत आवमा ८६ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएका थिए । ती मध्ये ६४ महिला, १६ बालिका, तीन/तीन बालक तथा ज्येष्ठ नागरिक रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै हराएकामध्ये ४२ महिला, १४ बालिका, ३ नै बालक र दुई ज्येष्ठ नागरिक फेला परेका छन् । अझै २२ महिला, दुई बालिका र एक ज्येष्ठ नागरिक बेपत्ता रहेको प्रहरीको भनाइ छ ।

आर्थिक वर्ष २०७५/७६ मा १०४ महिला तथा बालबालिका हराएका थिए । ती मध्ये ७२ महिला, ६ बालक, २६ बालिका रहेका छन् । तीमध्ये ५४ महिला, चार बालक र २२ बालिका फेला परेका छन् ।

अठार महिला, दुई बालक र चार बालिका हराएका छन् । त्यस्तै, आर्थिक वर्ष २०७४/७५ मा ८० महिला तथा बालबालिका हराएको प्रहरीको तथ्याङ्कमा रहेको छ । तीमध्ये ५० महिला, १२ बालक र १८ बालिका रहेका छन् । त्यस्तै, २३ महिला, ६ बालक र ६ बालिका फेला परेका थिए भने २७ महिला, ६ बालक र १२ बालिका भने भेटिएको छैन ।

त्यस्तै आर्थिक वर्ष २०७३/७४ मा ८० महिला तथा बालबालिका रहेको थियो । सो अवधिमा २३ महिला १२ बालक र १८ बालिका रहेका छन् । ती मध्ये २२ महिला, १२ नै बालक र ६ बालिका फेला परेको प्रहरीको तथ्याङ्कमा रहेको छ ।

महिला तथा बालबालिका हराउनुमा वैदैशिक रोजगार, अन्तरजातीय प्रेम, सामाजिक सञ्जालको प्रयोग, गलत साथीको सङ्गत, घर झगडा, प्रेममा धोकालगायतका कारणले महिला तथा बालबालिका हराउने गरेको पाइन्छ ।

प्रहरीले खोजी कार्यमा अग्रसरता देखाउँदै आए पनि यी हराएकामध्ये फेला परेका भने अधिकांश आफन्तको सम्पर्कमा आएको देखिन्छ ।

प्रहरीले वर्षेनी ६ देखि १७ जना मात्रै फेला पारेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०७३/७४ देखि सबै भन्दा बढी गत आवमा १७ महिला तथा बालबालिका प्रहरीले फेला पारेका थिए ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ११ : ५८ बजे

दिनभर चल्यो गृहमन्त्री ‘कुटिएको हल्ला’, अहिले आयो होटलका दुई मजदुरलाई थुनाएको खबर

चितवन : गृहमन्त्री सुधन गुरुङको सचिवालयमा उनका सहयोगी कमल सर्गम

यस्तो छ विष्णु पौडेलमाथिको आरोप, चुनावी प्रतिस्पर्धी चुन्नप्रसादले दिएका थिए ‘रकम लुकाएको’ बयान

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई

रास्वपा महाधिवेशन : पार्टी सदस्य ५ लाख २३ हजार 

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो कुल सदस्य संख्या

शंकर पोखरेल भन्छन् : एमाले हरेक धक्काबाट उठेको छ, फेरि पनि उठ्नेछ

सुर्खेत- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेले इतिहासका विभिन्न

शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ्छ : मन्त्री यादव

भरतपुर– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले चितवनको शक्तिखोर औद्योगिक