सीमा क्षेत्रमा मुक्त हलियाको घर निर्माणमा रोक नलगाएको ‘एसएसबी’को स्पष्टोक्ति « Khabarhub

सीमा क्षेत्रमा मुक्त हलियाको घर निर्माणमा रोक नलगाएको ‘एसएसबी’को स्पष्टोक्ति


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका चार मुक्तहलिया परिवारका घर निर्माणमा रोक नलगाएको स्पष्ट पारेको छ ।

घर निर्माणमा एसएसबीले रोक लगाएको भन्ने प्रकाशित समाचारको खण्डन गर्दै उसले कुनै अवरोध सिर्जना नगरिएको स्पष्ट पारेको हो ।

केही सञ्चारमाध्यमहरूले झण्डै २ वर्ष पुरानो भिडियो प्रयोग गरेर एसएसबीले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ व्रम्हदेवका चार मुक्तहलिया परिवारका घर निर्माणमा रोक लगाएको समाचार प्रशारण गरेपछि एसएसबीका एक अधिकारीले उक्त समाचारको खण्डन गरेका हुन ।

नाम नबताउने शर्तमा तीअधिकारीले भने, ‘भिडियो यस्तो गरी प्रस्तुत गरिएको छ की एसएसबीद्वारा नेपाली मुक्तहलिया परिवारलाई घर बनाउन अवरोध खडा गरिँदैछ। तर यथार्थमा त्यस्तो कुनै पनि कार्य भारतीय पक्षबाट भएको छैन।’

ती अधिकारीले भारतीय सुरक्षाकर्मीद्वारा त्यस्तो कुनै पनि प्रकारको गतिविधि नगरिएको बताउँदै सीमा नजिक बस्ने कुनै पनि नेपालीलाई समस्या पर्ने कार्य नगरिएको दाबी गरेका छन् ।

नेपालको सशस्त्र सीमा बललाई पनि यस विषयमा जानकारी गराइएको उनले जनाएका छन् ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  १ : ४९ बजे

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

काठमाडौं– पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित

बालेनको सम्बोधनकै दिन राष्ट्रसंघअगाडि जलवायु न्यायका लागि प्रदर्शन हुने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने

सुधनलाई रवि किरणको जवाफ : भदौ २७ जेन-जीले हारेको दिन, देश जलाउनेहरूले सत्ता कब्जा गरेको दिन

काठमाडौं- नेपालमा भएको जेन-जी आन्दोलनसँग जोडिएका दुई प्रमुख अगुवा सुधन

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

धनगढी– कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि