खोला किनाराको जग्गा हाउजिङको नाममा पास गराएको आरोपमा १७ जनाविरुद्ध मुद्दा दायर « Khabarhub

खोला किनाराको जग्गा हाउजिङको नाममा पास गराएको आरोपमा १७ जनाविरुद्ध मुद्दा दायर


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ललितपुरका तत्कालीन नापी कार्यालय प्रमुख बुद्धिमान जैसीसहित १७ जनाविरुद्ध विशेष अदालत  भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

ललितपुरको कर्मनासा खोला आसपासको सरकारी र सार्वजनिक जग्गा हाउजिङको नाममा पास गरिदिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले उनीहरुसँग दुई करोड दुई लाख रुपैयाँका दरले जरिवाना माग दाबी गरेको छ ।

अख्तियारले नापी कार्यालय ललितपुरका प्रमुख बुद्धिमान जैसी, नापी अधिकृत बालेश्वर यादव, सर्वेक्षक केशव थापा मगर, मालपोत कार्यालयका प्रमुख बाबुराम खनाल, नासुहरु ख्याम नारायण पौडेल, दिनेश न्यौपाने र खरिदार आत्माराम लुइँटेलविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

त्यसैगरी युरो हाउजिङ प्राली, यूरो ल्याण्ड डेभलपर्स प्रालीका सञ्चालकहरु गुणीकाजी मानन्दर, योगेश्वर कृष्ण पराजुली, कृष्ण पराजुली, कृष्णराज श्रेष्ठ, टंक बहादुर श्रेष्ठ, गोपालदास मानन्धर, बविन मानन्धर र उज्जल मानन्धरविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो ।

अख्तियारले काठमाडौं अस्पताल प्रालीका सञ्चालकहरु डा. ईश्वरलाल आचार्य, डा. दुर्गामान जोशी र श्रीमती दुर्गेश नन्दिनी भट्टचनलाई पनि भ्रष्टाचारको आरोपमा मुद्दा चलाएको छ ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ६ : ४५ बजे

दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित

एजेन्सी– दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि

वर्षायाममा पुनर्निर्मित बीपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक– पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको हाल स्थायी रूपमा पुनर्निर्माण

होर्मुज बन्द : विश्व बजारमा दबाब

एजेन्सी– इरानले कच्चा तेल आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने स्ट्रेट

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ प्रतिशत

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को आठ

कालोपट्टी बाँधेर सडकमा जेन-जी : कार्की आयोगको पूरा प्रतिवेदन खै ? 

काठमाडौं– जेन-जी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले