विद्रोहीको अध्यक्षतामा पत्रकार मञ्चको नयाँ नेतृत्व चयन « Khabarhub

विद्रोहीको अध्यक्षतामा पत्रकार मञ्चको नयाँ नेतृत्व चयन


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पत्रकार मञ्चको छैठौं महाधिवेशनबाट युवराज विद्रोहीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

पुष २५ गते भर्चुअल माध्यमबाट सम्पन्न उद्घाटन, प्रतिवेदन प्रस्तुति र चुनावी सत्र भएको थियो । आज सीमित व्यक्तिहरुको भौतिक उपस्थितिमा निर्वाचन कार्यक्रम भएको थियो ।

महाधिवेशनबाट उपाध्यक्षमा चन्द्रमणि भट्टराई, महासचिव विमल थापा, सचिवहरु प्रितमसागर कर्माचार्य, लक्ष्मण पन्थी, मनुका कुँवर (महिला) तथा कोषाध्यक्ष कमला नेपाल चयन भएका छन् । यसैगरी सदस्यहरुमा प्रज्ज्वल थापा, राजु भण्डारी, जितेन्द्र श्रेष्ठ, उदयनारायण भट्टराई, पासाङ शेर्पा, श्यामबाबु आचार्य, पवन फुयाँल, रमेशप्रसाद घिमिरे, सरस्वती गौतम र निकिसा बस्नेत चयन भएका छन् ।

महाधिवेशनको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघको केन्द्रीय प्रतिनिधिका रुपमा महासचिव रमेश बिष्ट सहभागी थिए । त्यस क्रममा बोल्दै उनले पछिल्लो समय लोकतन्त्र खतरामा पर्ने संकेत देखिएको बताउँदै यस समयमा नेपाली पत्रकारिता चनाखो हुनुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ७ : ३३ बजे

दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित

एजेन्सी– दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि

वर्षायाममा पुनर्निर्मित बीपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक– पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको हाल स्थायी रूपमा पुनर्निर्माण

होर्मुज बन्द : विश्व बजारमा दबाब

एजेन्सी– इरानले कच्चा तेल आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने स्ट्रेट

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ प्रतिशत

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को आठ

कालोपट्टी बाँधेर सडकमा जेन-जी : कार्की आयोगको पूरा प्रतिवेदन खै ? 

काठमाडौं– जेन-जी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले