मर्स्याङ्दी नदीमा खस्यो ट्रक « Khabarhub

मर्स्याङ्दी नदीमा खस्यो ट्रक


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– बेँसीशहर –चामे सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका ४ जगतबाट मालवाहक ट्रक मर्स्याङ्दी नदीमा खसेको छ ।

बेँसीशहर नगरपालिकाबाट मनाङतर्फ जाँदै गरेको ग १ ख ५१२४ नम्बरको ट्रकको ब्रेक फेल हुँदा नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले सडकबाट करीब सात सय मिटर तल नदीको बीच भागमा ट्रक अड्किएको जानकारी दिए ।

उक्त ट्रकको केही भाग मात्रै देखिएको, अरु भाग डुबेको तथा पूर्ण रुपमा क्षति भएको उनले बताए ।

उनका अनुसार ट्रकमा रहेको १९० बाकस बिस्कुट र पाँच टन चामलसमेत पूर्ण नष्ट भएको छ । ट्रकका चालक तथा सहचालक भने सकुशल रहेको र नाम खुल्न भने बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनालगत्तै प्रहरी घटनास्थल पुगेको थियो । ट्रक भने तत्काल नदीबाट निकाल्न नसकिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ७ : ५२ बजे

विश्वकप : मेसीको कीर्तिमान नजिक एमबाप्पे

काठमाडौँ – किलियन एमबाप्पेको दुई गोल तथा माइकल ओलिसेको उत्कृष्ट

एम्बाप्पेको दुई गोलमा फ्रान्स अन्तिम १६ मा : ३–० ले पराजित स्विडेन विश्वकपबाट बाहिरियो

काठमाडौँ – किलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनको मद्दतले स्विडेनलाई सहजै पराजित

हालान्डको निर्णायक गोलमा नर्वे विश्वकपको अन्तिम १६ मा : अब ब्राजिलसँग भिड्ने

काठमाडौँ – फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आइभरी कोस्टलाई पराजित गर्दै

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधाबार का लागि विदेशी मुद्राको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असार १७ गते बुधबार सन् २०२६