सेनाको एकीकृत पदयात्रा टोली आज बिहान जंगीअड्डामा | Khabarhub Khabarhub

सेनाको एकीकृत पदयात्रा टोली आज बिहान जंगीअड्डामा


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गोरखादेखि काठमाडौँसम्मको विजय अभियानको क्रममा गोरखा सेनाले प्रयोग गरेका मार्गहरूमा एकीकृत पदयात्रा गर्दै ४० जना नेपाली सेनासहितको पदयात्रा टोली हनुमानढोका आइपुगेको छ।

आज पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसमा हनुमान ढोकादेखि तराई, मधेस, पहाड, हिमाल र काठमाडौं उपत्यकाको विशिष्ट संस्कृति झल्किने झाँकी, बाजागाजासहित उक्त टोली सैनिक मुख्यालय जंगीअड्डा जाने छ।

सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले एकीकृत पदयात्रा कार्यक्रममार्फत नेपाल एकीकरणसँगै राष्ट्रिय एकता र सैनिक इतिहासबारे जानकारी दिने कार्यक्रम गरिँदै आएको बताए।

पदयात्रामा पृथ्वीनारायण शाहले स्थापना गरेका नेपाली सेनाका पाँच वटा कम्पनीहरू श्रीनाथ, पुरानो गोरख, कालिबक्स, बर्दाबाहिनी र सबुजको टोलीसँगै सर्वसाधारण र विद्यार्थीहरू सहभागी छन्।

सैनिक प्रवक्ता पौडेलले ती पाँचवटै कम्पनीको निशान, ज्वाला ‘टर्च’ सँगै नेपालको झण्डा पदयात्रामा सहभागी हुनेहरूले बोकेका छन्।

उक्त टोलीले यही पुस २१ गते गोरखा दरबार क्षेत्रबाट पदयात्रा सुरू गरेको थियो। टोली धादिङ, नुवाकोट र शिवपुरी हुँदै हनुमानढोकामा आइपुगेको हो।

नेपाली सेनाको स्थापना गर्न पृथ्वीनारायण शाहको महत्त्वपूर्ण भूमिका मानिने गरिन्छ। उनै पृथ्वीनारायणसँग नेपाली सेनाको इतिहास जोडिएको छ।

सोही कारण नेपाली सेनाले नेपाल एकीकरणको इतिहास र सैनिक इतिहासबारे नयाँ पुस्तालाई थाहा दिँदै तत्कालीन गोरखा सेनाले काठमाडौं उपत्यकासम्मको विजय यात्राको क्रममा प्रयोग गरेका मार्गहरूको पर्यटकीय दृष्टिले विकासका लागि सघाउन पुर्‍याउने उद्देश्यले एकीकृत पदयात्रा गरिँदै आएको सैनिक प्रवक्ता पौडेलले बताए।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ७ : २८ बजे

कोशी प्रदेशसभामा पनि उठ्यो उपसभामुख रानाविरुद्धको महाअभियोगको प्रसंग 

विराटनगर– उपसभामुख इन्दिरा राना मगरविरुद्ध महाअभियोग लगाउने प्रयास भएको विषय

उपसभामुखमात्रै होइन, कोशीका सभामुख पनि हटाउने तयारीमा कांग्रेस–एमाले

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमाले संघीय संसद्को

नख्खुबाट प्रचण्डसँग रविको गुनासो : भैरहवा कारागारमा गोलघरमा जस्तै राखे

काठमाडौँ–   सहकारी ठगी प्रकरणमा हाल ललितपुरको नख्खु कारागारमा रहेका

देउवाले भने- जनताले विश्वास गरेकैले यहाँसम्म आइपुगेँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले विश्वास गरेका कारण