यस्ता छन् पृथ्वीनारायण शाहका दिव्य उपदेश « Khabarhub

यस्ता छन् पृथ्वीनारायण शाहका दिव्य उपदेश


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काडमाडौँ– आज २९९ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाइँदैछ । नेपाल एकीरणका प्रणेता शाहको स्मरणमा हरेक पौष २७ गते राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाइन्छ ।

यसैबीच पूर्वराज ज्ञानेन्द्र शाहले राष्ट्रिय अखण्डताका लागि एकताको गाँठो बलियो बनाउनुपर्ने बताएका छन् ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यसको औचित्य हिजो थियो, आज छ र भविष्यमा पनि रहने बताएका छन् ।

उनले राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हीतलाइ केन्द्रमा राखेर अघि बढ्ने क्रममा देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरुले सक्रिय भूमिका निर्वाह गरेको स्मरण गर्दै संवैधानिक राजतन्त्रको मर्यादा अनुरुप व्यवहार गरेको उल्लेख गरेका छन् ।

विसं १७७९ पुस २७ गते जन्मिनुभएका तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले जनताको साथ र सहयोग लिँदै मुलुकभित्र उपलब्ध स्रोत र साधनको उपयोग गरी आपसी कलहमा फसेका ससाना राज्यलाई एकीकरण गर्न सफलता हासिल गरेका थिए ।

नेपालको भूअवस्थितिको आत्मबोध गरेका पृथ्वीनारायण शाहले राष्ट्रलाई सुदृढ र समृद्ध बनाउन तथा मुलुकको अविच्छिन्न एकतालाई बलियो बनाइराख्न सदा स्मरणीय सन्देश छाडे गएका छन् ।

उनका दिव्यउपदेशले राष्ट्रिय आत्मनिर्भरता हासिल गर्नका लागि आवश्यक सीप र क्षमता विकास गर्नुपर्ने खाँचोलाई दर्शाएका छन् ।

पृथ्वीनारायण शाहले सुरू गरेको एकीकरण अभियानले नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भयो। नेपाल अंग्रेज युद्धपछि सुगौली सन्धिसम्म यो भूभाग नेपालको अधिनमा थियो।

राष्ट्रनिर्माता शाह पहाडी राज्य गोरखाका राजा नरभुपाल शाह तथा रानी कौसल्यावतीका छोरा थिए। पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक छन् ।

यस्ता छन् उनका दिव्य उपदेश

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ८ : ०९ बजे

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड