नेपाली राष्ट्रिय फूटबल टोलीका पूर्वगोलरक्षक शाहीको निधन | Khabarhub Khabarhub

नेपाली राष्ट्रिय फूटबल टोलीका पूर्वगोलरक्षक शाहीको निधन


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय फूटबल टिमका पूर्व गोलरक्षक तथा अखिल नेपाल फूटबल संघ (एन्फा) का पूर्व महासचिव लोकबहादुर शाहीको निधन भएको छ।

शाहीको निधन गएराति उनको दैलेखस्थित घरमा भएको एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिँदै लेखेका छन्। शाही सन् १९७९ देखि १९८९ सम्म राष्ट्रिय टोलिमा रहेर खेलेका थिए। विभिन्न रोगले थलिएका उनको गए राति निधन भएको हो।

सन् १९७९ देखि १९८९ सम्म एक दशक राष्ट्रिय टोलीमा नेपालको गोलपोष्ट संहालेका शाही सन् १९८४ मा नेपालमै आयोजना भएको पहिलो साफका स्वर्ण पदक विजेता खेलाडी हुन् ।

उनले सन् १९८४, १९८५, १९८७ र १९८९ गरी चारपल्ट साफ गेम्स खेलेका छन् । सन् १९८२ मा नवौं एसियाली खेलकुदमा पनि उनी नै राष्ट्रिय टोलीका गोलरक्षक थिए । त्यो प्रतियोगिता नेपाली फूटबलको पहिलो आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगिता हो । त्यसबाहेक उनले सन् १९८६ को विश्वकपका लागि नेपालमै भएको छनोट प्रतियोगितामा मलेसिया र दक्षिण कोरियासँग खेल्दा शाही नै गोलरक्षक थिए ।

सन् १९८९ मा राष्ट्रिय टोलीबाट विश्राम लिएका थिए ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ८ : ३८ बजे

भियतनामकी उपराष्ट्रपति सुआन नेपाल आउँदै

काठमाडौं– समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन नेपालको

संखुवासभामा भूकम्पको धक्का

संखुवासभा– पूर्वी नेपालको संखुवासभामा भूकम्पको धक्का महसुस भएको छ ।

आज १६०औँ मोती जयन्ती मनाइँदै

काठमाडौं– राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६०औँ जन्मजयन्ती आज देशभर

मनसुन फेरि सक्रिय हुँदै, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज कुशे औँसी, बाबुको मुख हेर्ने दिन

काठमाडौं– प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व