सुनसरीको सीमा नाका मंगलबार साँझसम्म बन्द « Khabarhub

सुनसरीको सीमा नाका मंगलबार साँझसम्म बन्द


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इनरुवा- सुनसरीको सीमा नाका ४८ घण्टाका लागि बन्द भएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी ४८ घण्टाका लागि सीमा नाका बन्द गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।

वैशाख १० गते मङ्गलबार हुने भारतको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सोमबार बिहानदेखि नेपाल–भारत सीमासँग जोडिएका सुनसरीका सीमा नाका बन्द गरिएको उनले जानकारी दिए ।

नेपाल र भारतमा हुने निर्वाचनका वेलामा दुवै देशका सीमावर्ती क्षेत्रका प्रशासनिक निकायले आपसी छलफल र सहमतिका आधारमा सिमा नाका बन्द गर्ने गरिन्छ ।

सुरक्षालाई मध्यनजर गर्दै आइतबार राति १२ बजेदेखि वैशाख १० गते साँझ ६ बजेसम्मका लागि सीमा बन्द गरिएको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । जिल्लाका कोशी ब्यारेजदेखि केसल्या नदीसम्मको ६२ किलोमिटर सीमा नाका बन्द गरिएको प्रहरी उनले बताए ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ९ : ४५ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर