किम जोङ उन रुसको भ्रमणमा जाँदै | Khabarhub Khabarhub

किम जोङ उन रुसको भ्रमणमा जाँदै


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उत्तर कोरिया– उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्ताका लागि रुसको सुदूर पूर्वको भ्रमणमा जाने भएका छन् ।

जापानको क्योदो समाचार संस्थाले जनाएअनुसार सर्वोच्च नेता किमले आगामी बुधबार रेलमार्गबाट सुदूर पूर्वी रुसको भ्लादिभोस्तोका शहर जानेछन् ।

किम र पुटिनबीच भ्लादिभोस्तोकशहरको तटपारी रहेको रुस्की टापुमा भेटवार्ता हुनेछ । दुई नेताबीच आगामी बिहीबार भेटवार्ता हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०११ मा तत्कालिन उत्तर कोरियाली शासक तथा वर्तमान सर्वोच्च नेता किम जोङ उनका बाबु किम जोङ इलले रुसको भ्रमण गरी तत्कालिन रुसी राष्ट्रपति दिमित्री मेद्भेदेवसँग भेटवार्ता गरेयता उत्तर कोरियाली शासकले रुसको भ्रमण गर्न लागेको यो पहिलो पटक हो ।

रुस र उत्तर कोरियाबीच शीतयुद्धकै समयदेखि सुमधुर सम्बन्ध रहँदै आएको बताइन्छ ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ९ : २८ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित