किम जोङ उन रुसको भ्रमणमा जाँदै « Khabarhub

किम जोङ उन रुसको भ्रमणमा जाँदै


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उत्तर कोरिया– उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्ताका लागि रुसको सुदूर पूर्वको भ्रमणमा जाने भएका छन् ।

जापानको क्योदो समाचार संस्थाले जनाएअनुसार सर्वोच्च नेता किमले आगामी बुधबार रेलमार्गबाट सुदूर पूर्वी रुसको भ्लादिभोस्तोका शहर जानेछन् ।

किम र पुटिनबीच भ्लादिभोस्तोकशहरको तटपारी रहेको रुस्की टापुमा भेटवार्ता हुनेछ । दुई नेताबीच आगामी बिहीबार भेटवार्ता हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०११ मा तत्कालिन उत्तर कोरियाली शासक तथा वर्तमान सर्वोच्च नेता किम जोङ उनका बाबु किम जोङ इलले रुसको भ्रमण गरी तत्कालिन रुसी राष्ट्रपति दिमित्री मेद्भेदेवसँग भेटवार्ता गरेयता उत्तर कोरियाली शासकले रुसको भ्रमण गर्न लागेको यो पहिलो पटक हो ।

रुस र उत्तर कोरियाबीच शीतयुद्धकै समयदेखि सुमधुर सम्बन्ध रहँदै आएको बताइन्छ ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ९ : २८ बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि