आम मतदातालाई पायक पर्ने गरी मतदान केन्द्र निर्धारण गर्न निर्देशन | Khabarhub Khabarhub

आम मतदातालाई पायक पर्ने गरी मतदान केन्द्र निर्धारण गर्न निर्देशन


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्पूर्ण मतदाताको हितलाई ध्यान दिई सुरक्षित, पहुँचयोग्य र विवादरहित रुपमा पायक पर्ने स्थानमा स्थल तथा केन्द्र निर्धारण गर्न निर्देशन दिएका छन ।

मतदाता नामावली अद्यावधिक, मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रमको अनलाइन प्रविधिमार्फत जिल्ला निर्वाचन अधिकारीलाई प्रशिक्षण दिँदै मतदान स्थलको पुनरावलोकन र त्रुटिरहित मतदाता नामावली प्रकाशन गर्ने कार्यमा विशेष चनाखो हुन सुझाव दिए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, “स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययीरूपले निर्वाचन गर्नु निर्वाचनका पूर्वशर्त भएकाले यसको पूर्ण पालना हुनुपर्छ ।”

निर्वाचनको घोषणा भएको दिनसम्म १८ वर्ष उमेर पूरा मतदाताका सम्बन्धमा द्विविधामा नपर्न तथा मतदाता नामावली निर्वाचन व्यवस्थापनको आधारभूत पक्ष भएकाले शुद्ध र त्रुटिरहित तुल्याउने पाटोमा हेक्का राख्न उनले आग्रह गरे ।

मतदाता नामावली अद्यावधिक र मतदान स्थल तथा केन्द्र पुनरावलोकनमा सरोकारवालासँग प्रभावकारी समन्वय गर्न सुझाव दिँदै उहाँले जिल्ला निर्वाचन अधिकारीलाई सक्रिय भई कानूनी व्यवस्थाअनुसार प्रक्रिया अगाडि बढाउन सल्लाह दिए ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले मतदाता दर्ता अद्यावधिक, मतदान स्थल र मतदान केन्द्र पुनरावलोकनमा अवलम्बन गर्नुपर्ने व्यावहारिक पक्ष तथा सरोकारवालाको समन्वयको आवश्यकताका विविध पक्षबारे जानकारी गराएका थिए ।

सचिव देवकुमारी गुरागाईंको अध्यक्षतामा भएको दुईदिने प्रशिक्षणमा आयोगका सहसचिव तथा अधिकृतको सहभागिता थियो ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ६ : २७ बजे

काठमाडौं-तराई\मधेस द्रुतमार्गको समस्याबारे प्रधानमन्त्रीसँग छलफल 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको सुरु

बेगनास तालमा बेपत्ता पुरुषको शव भेटियो

गण्डकी– पौडी खेल्ने क्रममा आइतबार साँझ कास्कीको बेगनास तालमा बेपत्ता

कर्णाली प्रदेशसभाको बैठक प्रतिपक्षीद्वारा अवरुद्ध

सुर्खेत– कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध भएको छ । सोमबार बसेको

लम्पी स्किन र अफ्रिकन स्वाइन फिभरको अवस्था पत्ता लगाउन टोली परिचालन

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हाल मुलुकका केही स्थानका

‘जदौ’मा साम्राज्ञीपछि मुकुनको प्रवेश

काठमाडौं – निर्देशकको नाम गोप्य राखिएको फिल्म ‘जदौै’ नायक मुकुन