चर्चित कुटनीतिज्ञ बर्नसलाई सीआईए प्रमुख बनाइने वाइडेनको घोषणा | Khabarhub Khabarhub

चर्चित कुटनीतिज्ञ बर्नसलाई सीआईए प्रमुख बनाइने वाइडेनको घोषणा


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाको राष्ट्रपतिमा नवनिर्वाचित जो वाइडेनले चर्चित कुटनीतिज्ञ विलियम बर्नसलाई केन्द्रीय गुप्तचर प्रमुख बनाउने भएका छन् ।

केन्द्रीय गुप्तचर निकाय (सीआईए)को निर्देशकको रूपमा उनलाई नियुक्त गर्ने निर्णय भएको वाइडेनले घोषणा गरेका छन् ।

सरकारी कर्मचारीकारूपमा झण्डै ३३ बर्ष सेवा गरेका बर्नस अहिले ६४ बर्षको भएका छन् । उनी यसअघि रूस र जोर्डनका लागि राजदूतसमेत भएका थिए ।

उनले डेमोक्र्याटिक र रिपब्लिकन दुवै पार्टीबाट निर्वाचित राष्ट्रपतिको मातहतमा रहेर काम गरिसकेका छन् ।

उनलाई अमेरिकी सरकारी सेवा र कुटनीतिक क्षेत्रमा राम्रो छवि भएको र प्रभावकारी क्षमता भएको व्यक्तिका रुपमा चिनिन्छ ।

उनी गत सन् २०१७ देखि एक बर्ष अगाडिसम्म राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा पनि कार्यरत थिए । तर, ट्रम्पको कुटनीतिक भूमिका अत्यन्त आलोचित भएपछि बर्नसले छोडेका थिए ।

बर्नसले अस्फोर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्वन्धमा विद्यावारिधि पनि गरेका छन् ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ७ : १० बजे

ऊर्जामन्त्री घिसिङको वाचा : निराशा हटाउँछौँ, सुशासनका लागि कसैसँग सम्झौता हुँदैन

काठमाडौँ- ऊर्जा, भौतिक योजना र सहरी विकासमन्त्री कुलमान घिसिङले मुलुकमा

भारतीय राजदूत निरन्तर सक्रिय, भेटे ऊर्जामन्त्री घिसिङलाई

काठमाडौँ- ऊर्जा, सहरी विकास तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङ र

जेन-जी आन्दोलनपछि पहिलोपटक बस्यो माओवादी केन्द्रको पदाधिकारी बैठक

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ

सात दिनपछि खुल्यो बागलुङ-सिगाना-बरेङ सडक

गलकोट– गत भदौ २९ गते बिहानैदेखि बन्द भएको बागलुङ-सिगाना-बरेङ शान्तिपुर

दशैँमा कमेडी फिल्म खोज्नेलाई ‘हरिबहादुरको जुत्ता’ बिकल्प

काठमाडौं– वरिष्ठ कलाकार हरिवंश आचार्यको लेखन र शीर्ष अभिनय रहेको