तलब माग्दै कतारको अदालतमा नेपाली कामदार « Khabarhub

तलब माग्दै कतारको अदालतमा नेपाली कामदार


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-कतारस्थित डिजाइन कन्स्ट्रक्टिङ कम्पनीमा कार्यरत १ सय २० जना नेपाली तलब माग्दै त्यहाँको उच्च अदालत धाइरहेका छन् । कतारको श्रम विभाग, नेपाली दूतावास, कम्पनी र कामदारबीच श्रम विवाद नमिलेपछि कामदारहरु अदालत धाउन थालेको कान्तिपुर दैनिकमा खबर छ । कम्पनीले गत नोभेम्बरदेखिको तलब नदिएको हो ।

मञ्चमा अध्यक्षद्वयको हालीमुहाली सभा छाडेर हिँडे नेपाल शीर्षकको समाचारमा नेपाल प्रज्ञाप्रतिष्ठानको हलमा आयोजित नेकपाको ७० औं वार्षिकोत्सव कार्यक्रममा नौ वटा कुर्सी राखिएका थिए । राखिएका ती कुर्सीमध्ये दुईवटा विशिष्ट खालका कुर्सी थिए । ती सोफावाला थिए । अरु सातवटा सामान्य फलामे । अर्थात विशिष्ट र कनिष्ट झल्किने खालको दृष्य कुर्सीको व्यवस्थापनमा थिए ।

झण्डै १ बजे कार्यक्रम हलमा चार नेता अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेल एकैचोटी भित्रिए । उनीहरु छिर्ने वित्तिकै हुटिङ भयो । उनीहरुले अभिवादन गरे । त्यसअघि नै बरिष्ट नेता झलनाथ खनाललगायतका मञ्चमा पुगिससकेका थिए । केपी ओलीको दायाँ सिटमा खनाल बसिसकेका थिए । पार्टीको बरिष्ठ क्रममा ओली र दाहाल पछि नेपाल छन् । ओलीको दाया सिटमा खनाल, दाहालको बायाँ सिटमा बामदेव गौतम बसेका थिए । खनालभन्दा पल्लो सिटमा बस्नुपर्ने अवस्था नेपाललाई आयोग । नेपाल पार्टीका बरिष्ठता क्रम ख्याल गर्ने नेता पर्छन ।

त्यसपछि महासचिव विष्णु पौडेलले दुई अध्यक्षले सम्बोधन गर्ने भन्दै दाहाललाई मञ्चमा बोलाएपछि नेता नेपाल उठेर बाहिरिए ।

त्यस्तै पत्रिकाले नेकपामा मिलेको भागबन्डाको विषय, नेपाली–दिल्ली भाडा चार गुणाले बढेको, राजपामा महाधिवेशनलाई लिएर विवाद चर्किएकोलगायतका खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ६ : ३१ बजे

निर्धारित समयमा हुन सकेन चेसको राष्ट्रिय च्याम्पियनसिप छनोट

काठमाडौँ – नेपाल बुद्धिचाल महासङ्घको आन्तरिक विवादको असर झापामा ११

रामायण सर्किट बन्न सक्छ नेपाल-भारत सम्बन्धको सेतु

नेपाल–भारत मैत्री सम्बन्धका कतिपय अपरिहार्य तत्त्वमध्ये सांस्कृतिक समानतालाई प्रमुख घटकका

लुम्बिनी प्रदेशसभा बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत सातौँ बैठक आजदेखि आगामी आर्थिक

कानुनी झमेलामा पर्दै युवा कमेडियन

काठमाडौँ- नेपालमा कमेडी विधा बाउन्स ब्याक भएको अवस्थामा छ ।

हावाहुरीले घर भत्किँदा एक महिलाको मृत्यु

रौतहट– रौतहटमा सोमबार साँझ आएको हावहुरीले घर भत्किएर थिच्दा एक