ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु | Khabarhub Khabarhub

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मार्तडी- बाजुराको बडीमालिका नगरपालिका–९ चौराटी खेतमा गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका–४ छापुका ६० वर्षीय धननाथ योगी रहेका छन् ।

उनको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए ।

उनका अनुसार खाली रहेका ग्यासका सिलिण्डर बोकेर तिपाडा जाँदै गर्दा चौराटी खेत नजिकै दुर्घटना हुँदा घाइते भएका योगीको उपचारका क्रममा मृत्यु भएको ठगुन्नाले बताए ।

ट्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ८ : ४१ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर