सान डिएगो चिडियाखानाका गोरिल्लामा पनि देखियो कोरोना भाइरस « Khabarhub

सान डिएगो चिडियाखानाका गोरिल्लामा पनि देखियो कोरोना भाइरस


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकामा चिडियाखानामा रहेका गोरिल्लामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

सान डिएगो चिडियाखानामा दुईवटा गोरिल्लामा कोरोनाभाइरसको संक्रमण देखिएको चिडियाखानाले जनाएको छ । चिडियाखानाका गर्भनर गामिन न्युसमले एक विज्ञप्ति जारी गर्दै चिडियाखानाका गोरिल्लामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

यी जनावरहरुमा अहिले कोरोनाको संक्रमण देखिएको र लक्षण नदेखिएका कर्मचारीमार्फत् उनीहरुमा संक्रमण फैलिएको हुनसक्ने न्युसमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चिडियाखानाका अनुसार गोरिल्लामा कोरोना भाइरस देखिएको यो पहिलो उदाहरण हो । यसअघिको अध्ययनले मानिसबाहेकका केही सीमित जनावर संक्रमणको खतरामा रहेको देखाएको थियो । गोरिल्लाहरु परिवारमा बस्ने भएकाले सबै सदस्यहरुमा संक्रमण फैलिएको हुनसक्ने चिडियाखानाका अधिकारीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार गत बुधबारदेखि दुईवटा गोरिल्लाहरुले खोक्न थालेका थिए । त्यसपछि प्रारम्भिक परीक्षण गर्दा शुक्रबार उनीहरुमा भाइरस रहेको देखियो । सोमबार राष्ट्रिय भेटेरीनरी सेवा ल्याबोरेटेरीका लागि अमेरिकी विभागले यसको पुष्टि गरेको हो ।

गोरिल्लाहरुमा भाइरसले कतिसम्म असर गरेको छ भन्ने विषय अहिलेसम्म थाहा नभएको चिडियाखानाका अधिकारीहरुले बताए । यद्यपि, सबै गोरिल्लाहरुलाई निगरानीमा राखिएको उनीहरुले जनाए ।

‘खोकी र रुघाबाहेक सबै गोरिल्लाहरुको अवस्था राम्रो छ,’ सान डिएगो सफारी पार्ककी कार्यकारी निर्देशक लिसा पिटरसनले भनिन्, ‘यो टोली एकसाथ क्वारेन्टाइनमा छ र खाने, पिउने गरिरहेका छन् । चाँडै निको हुनेमा हामी आशावादी छौँ ।’

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  १० : ११ बजे

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक

युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

काठमाडौं- युरोपेली संघ (ईयू)ले चीनमा निर्मित दुई लाखभन्दा बढी नक्कली

इन्डोनेसिया-भारतबीच रक्षा, समुद्री सुरक्षा र महत्वपूर्ण खनिजमा सहकार्य विस्तार

जकार्ता- भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा औद्योगिक

इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

जकार्ता- भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा

सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचनाको हक मन्त्रालयको