छालामा यस्ता संकेत देखिए हेलचेक्र्याइँ नगर्नुस् « Khabarhub

छालामा यस्ता संकेत देखिए हेलचेक्र्याइँ नगर्नुस्


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सामान्यतया मानिसको छालामा विभिन्न प्रकारका समस्याहरू देखिने गर्छन् । कतिपय संकेत सामान्य नै भएपनि केही संकेतहरू भने खतरनाक हुने गर्छ । के छन् त त्यस्ता संकेत ?

काखीको कालोपनः काखीको छाला सामान्यतः केही कालो हुन्छ । तर, अचानक यो धेरै कालो भएमा त्यसले पनि थाइराइड र मधुमेहको संकेत गर्छ ।

सेतो वा पहेँलो दागः छालामा कहिलेकाहीँ सेतो वा पहेँलो दाग देखिन सक्छ । यो शरीरमा कोलेस्ट्रोल बढ्ने संकेत हुन्छ । यसले हृदय रोगको समेत संकेत गर्छ ।

आँखी भौं पातलो हुनुः आँखी भौं कसैको बाक्लो हुन्छ, कसैको पातलो । यो खासै अस्वभाविक होइन । तर, अचानक आँखी भौं पातलिँदै गएको छ भने सतर्क हुनैपर्छ । किनभने, यसले थाइराइडको संकेत गर्छ ।

नङमा कालो दागः नङमा कालो दाग देखा प¥यो भने निकै सतर्क हुनुपर्छ । चाहे त्यो हातको नङमा होस् वा खुट्टाको । यस्तो दागले क्यान्सरको संकेत गर्छ ।

सुन्निनुः खास कारण बिना नै अनुहार सुन्नियो भने सजगता अपनाउनु पर्छ । किनभने, यसले धेरैथरी रोगको संकेत गर्छ, जस्तो– हाइपोथाइराइड, एनीमिया, एन्जियोएडिमा । मृगौलाको समस्यामा पनि यस्तो संकेत देखिन्छ ।

दाह्री पातलिनुः अक्सर यसबारे हामीलाई हेक्का हुँदैन । तर, हाम्रो दाह्रीको रौं पनि कहिलेकाहीँ अस्वभाविक रूपले पातलिँदै जान्छ । यसले हाइपो थाइराइडको संकेत गर्छ ।

ओंठ फुट्नुः ओंठ फुट्नु सामान्य हो । खासगरी चिसो मौसममा ओंठ फुट्ने समस्या देखापर्छ । तर, लामो समयसम्म ओंठ फुट्यो भने त्यो समस्या हो । यसले शरीरमा भिटामिन बी र सीको कमी भएको संकेत गर्छ ।

रुखो छालाः सबैको छाला एकनास हुदैन । कसैको सुख्खा हुन्छ भने कसैको तैलीय । तर, लामो समयसम्म छाला सुख्खा हुन्छ भने मधुमेह वा थाइराइडको संकेत हुनसक्छ ।

एलर्जीः छालाको सरसफाइ भएन भने त्यसमा ब्याक्टेरिया पैदा हुन्छ । छाला चिलाउँछ । तर, लामो समयसम्म यस्तो समस्या रहेमा त्यसले मधुमेहको संकेत गर्छ । साथै, थाइराइडको पनि ।

डन्डिफोरः अनुहारमा डन्डिफोर छ भने त्यसले पेटसम्बन्धी कुनै समस्या भएको संकेत गर्छ । साथै यसले शरीरमा हार्मोनको गडबडी भएको पनि जनाउ दिन्छ । यो समस्या बढ्नासाथ तुरुन्तै चिकित्सककहाँ देखाउनु पर्छ ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ५ : ५९ बजे

दुर्लुङदेखि कुश्मासम्म अम्बा बेच्ने जमुनाको संघर्ष (तस्बिरहरू)

काठमाडौं– पर्वतको कुश्मा नगरपालिका–३ स्थित दुर्लुङ गाउँकी जमुना परियार गाउँका

साँगा–धुलिखेल सडक निर्माण तीव्र गति

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ

मधेसमा झन्डै नौ अर्ब सहुलियतपूर्ण कृषि कर्जा प्रवाह

धनुषा– मधेस प्रदेशमा रु आठ अर्ब ९९ करोड सहुलियतपूर्ण कृषि

४२३ करोड कमाउँदै ‘जेलर २’ दोस्रो स्थानमा, दुई सातामै किन घट्यो रजनीकान्तको फिल्मको कमाइ ?

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर २’ ले बक्स

मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल

जनकपुरधाम– मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता