आज २०७७ पुस २९ गते बुधबारको राशिफल | Khabarhub Khabarhub

आज २०७७ पुस २९ गते बुधबारको राशिफल


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७७ पुस २९ गते बुधबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ ।

सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । नयाँ योजना र आर्थिक कारोबारमा सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आर्थिक कारोवारमा मन्दी आउनेछ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नसक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कार्यक्षेत्रमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
चिताएको कामले तीव्रता लिनेछ । कार्यमा सफलता पाईनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । पुनर्मिलनको योग रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । समाजसेवामा मन लाग्नेछ । वित्तिय संस्थाबाट सहयोग पनि पाईनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्नेछ । सफल यात्रा पनि हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । परिवारमा सुख सन्तोष छाउला । नयाँ ज्ञान र नयाँ कामको थालनी हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
सौन्दर्यतामा धन खर्च हुनेछ । साना–तिना समस्यामा अल्झिनुपर्नेछ । परिवारीक समस्याले सताउनेछ । अनावश्यक धन खर्च हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । शुभकार्यको चर्चा चल्नेछ । विद्या र बुद्धिके विकास हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज मानसिक चिन्ता बढेपनि श्रमको उचित मुल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ५ : ३१ बजे

जम्मु कश्मीर हमलामा मारिने बुटवलका सुदीप न्यौपाने भएको पुष्टि

काठमाडौं– भारतको जम्मु कश्मीरमा भएको आतङ्कवादी हमलामा मारिने नेपालीको पहिचान

कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध

सङ्खुवासभा– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला खण्ड पहिरोले अवरुद्ध भएको छ

नेरुडे मिर्मिरे लघुवित्तले बोनस नदिने 

काठमाडौं– नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०–८१

भारतीय विद्युतमन्त्री खट्टरबाट मुक्तिनाथमा पूजार्चना

मुस्ताङ– भारतका विद्युत तथा आवासमन्त्री मनोहरलाल खट्टरले आज बिहान मुक्तिनाथ

जम्मु कश्मीर घटनामा नेपाली परेको विवरण पुष्टि गर्ने प्रयासमा छौँ : परराष्ट्रमन्त्री राणा

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जम्मु कश्मीरको पहलगाममा जघन्य