संविधानविद् आचार्यले लेखे– ‘चाटुकार’ र ‘लम्पट’हरुले प्रधानमन्त्रीलाई स्वविवेक प्रयोग गर्न नदिँदा दुःख भोग्दैछौँ « Khabarhub

संविधानविद् आचार्यले लेखे– ‘चाटुकार’ र ‘लम्पट’हरुले प्रधानमन्त्रीलाई स्वविवेक प्रयोग गर्न नदिँदा दुःख भोग्दैछौँ


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संविधानिवद भिमार्जुन आचार्यले प्रधानमन्त्रीलाई आफ्नो विवेक अनुसार चल्न नदिँदाको परिणाम आज मुलुकले भोगिरहेको बताएका छन् ।

उनले संसद विघटनको कदममाथि असहमति रहेपनि भारतीय मिडियाका लागि प्रधानमन्त्रीले दिएको अन्तर्वार्ता गर्व गर्न लायक रहेको बताएका छन् ।

‘कानून र संविधानमाथि ओली र वहाँको सरकारले गरेका तमाम हर्कतमाथि मेरा असहमति छन। तर, प्रधानमन्त्री ओलीले हालसालै भारतीय मिडियाका लागि दिनु भएको अन्तर्वार्ताको म उच्च सम्मान गर्छु’, उनले फेसबुकमा लेखेका छन् , ‘देशको सार्वभौमिकता र स्वाधीनताको सम्मान र प्रतिरक्षा गर्नु हरेक नागरिक र राज्यका पदाधिकारीको कर्तव्य हो । प्रधानमन्त्रीले अन्तर्वार्तामार्फत यो कर्तव्य पूर्णरुपमा पालना गर्नु भएको छ ।’

उनले अरूको उस्काहटमा नलागेर कानून-संविधान र आफ्नो विवेक अनुसार प्रधानमन्त्री चलेको भए अथाव उनलाई चल्न दिइएको भए मुलुकले उनीमाथि सधैँ गर्व गर्न सक्ने उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘वहाँ निकटस्थ कतिपय चाटुकार र लम्पटहरूले ( यो देशको प्रगती र समृद्धिका वाधक ) वहाँलाई कानून र विवेक अनुसार चल्न दिएनन् । जसको sufferer आज स्वयम् प्रधानमन्त्री र सिंगो मुलुक हुन पुगेको छ । जय देश ।’

उनले फेसबुकमा यस्तो लेखेका छन्-

कानून र संविधानमाथि ओली र वहाँको सरकारले गरेका तमाम हर्कतमाथि मेरा असहमति छन। तर, प्रधानमन्त्री ओलीले हालसालै भारतीय…

Posted by Bhimarjun Acharya on Tuesday, 12 January 2021

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  १० : ०५ बजे

रासायनिक मललाई प्रतिस्थापन गर्दै गँड्यौला मल

सिरहा– धनगढीमाई नगरपालिका–१० दनुवारी टोलकी अनिता महतोलाई अचेल रासायनिक मलको

आईपीएल क्रिकेट : लखनउसँग बैंगलुरु ९ रनले पराजित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्ससँग रोयल

बचत तथा ऋणको कारोबार गर्न एघार हजार ६०० सहकारी दर्ताको प्रक्रियामा

काठमाडौं– राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा एघार हजार ६०० सहकारी दर्ताको

३३औँ प्रधानन्यायाधीशको नेतृत्व गर्दै डा. शर्मा

काठमाडौं– संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशका रूपमा सर्वोच्च अदालतका न्यायाधीश डा

काठमाडौं उपत्यकामा ट्राफिक चेकजाँचमा कडाइ

काठमाडौं– काठमाडौँ उपत्यकामा बढ्दो सवारी चापसँगै दुर्घटनाका घटना नियन्त्रण गर्न