ट्रम्प बर्खास्त हुन्नन्- उपराष्ट्रपति पेन्स « Khabarhub

ट्रम्प बर्खास्त हुन्नन्- उपराष्ट्रपति पेन्स


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  अमेरिकी उपराष्ट्रपति माइक पेन्सले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बर्खास्त नगरिने प्रष्ट्याएका छन् ।

तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले २५औँ संशोधनको व्यवस्था बमोजिम ट्रम्पलाई हटाउने पक्षमा रहे–नरहेको जानकारी दिन पठाएको पत्रको जवाफमा उपराष्ट्रपति पेन्सले आफू त्यसको पक्षमा नरहेको प्रष्ट्याएको बीबीसीले जनाएको छ ।

तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा राष्ट्रपतिमाथि महाअभियोगको प्रस्ताव दर्ता भएर मतदानको तयारी भइरहेका बेला उपराष्ट्रपतिले ट्रम्पलाई बर्खास्त नगर्ने जनाएका हुन् ।

उपराष्ट्रपति पेन्सले तल्लो सदनलाई पठाएको पत्रमा कार्यकालको आठ दिन मात्रै बाँकी हुँदा राष्ट्रपतिलाई हटाउनु देशको हित र संविधानको व्यवस्था अनुकुल नहुने बताएका छन् ।

 

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  १२ : ०८ बजे

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका

बाढीपीडितलाई नन्दप्रसाद जानुका फाउन्डेसन र इनास यूकेको राहत

रसुवा- नन्दप्रसाद जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : राजदूत माओमिङ

त्रिशूली– नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली