तार्केश्वर नगरपालिकाको न्यायिक समितिमा चार सय उजूरी | Khabarhub Khabarhub

तार्केश्वर नगरपालिकाको न्यायिक समितिमा चार सय उजूरी


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तारकेश्वर नगरपालिकाको न्यायिक समितिमा चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ४०४ उजूरी दर्ता भएका छन् ।

चालू आवमा ४०४ उजूरी दर्ता भएकामा २१ वटा जग्गा विवादको मुद्दा परेको छ ।

अधिकांश उजूरी साँध सिमाना, एउटाको जग्गा अर्काले मिचेको जस्ता उजूरी नगरपालिको न्यायिक समितिमा पर्ने गरेको न्यायिक समितिको संयोजक तथा उपप्रमुख भवानी डोटेल (धिताल)ले बताइन् ।

उनका अनुसार चालू आवमा छ सिमाना विवाद, सात सार्वजनिक जग्गा र बाटोसम्बन्धी, दुई महिला तथा बालबालिका हिंसासम्बन्धी, जग्गा विवादका २१ र अन्य विविध विषयका ३८ उजूरी नगरपालिको न्यायिक समितिमा परेको छ ।

जसमा १७ वटा सहमति भएका छन् । २७ फैसला भएका, दुई मुल्तबीमा राखिएको र ५८ प्रक्रियामै रहेको छ ।

आव २०७६/७७ मा ९६ उजूरी दर्ता भएकामा २४ जग्गा विवाद, २० सार्वजनिक जग्गा र बाटोसम्बन्धी, चार सिमाना विवाद, तीन महिला तथा बालबालिका हिंसासम्बन्धी र अन्य ४५ उजूरी दर्ता भएको उनले बताइन् ।

यस अवधिमा ४४ मुद्दा किनारा लगाइएको छ । ११ उजूरी मेलमिलाप तथा सहमति भएका, दुई उजूरी मुल्तबीमा राखिएको ३९ प्रक्रियामा रहेको उप्रमुख डोटेलले बताइन् ।

घरेलु हिंसा र महिला हिंसाका उजूरीहरु नगरपालिकाको न्यायिक समितिमा अत्यन्त कम पर्ने गरिएको छ ।

सामाजिक परिवेश तथा चेतनाको कमीले पनि यस्ता खालको उजूरीहरु बाहिर ल्याउन हुन्न भन्ने मान्यताले उजूरी थोरै पर्ने गरेको बताइएको छ ।

व्यक्तिगत तथा घरेलु हिंसाका उजूरी नगरपालिकाको न्यायिक समितिमा नपरे पनि घरजग्गा विवाद, सम्बन्धविच्छेद, घर निर्माण विवाद र ठगी–लेनदेनका उजूरी न्यायिक समितिमा पर्ने गरेका छन् ।

आव २०७५/७६ मा ८१ वटा उजूरी दर्ता भएकामा २८ जग्गा विवादसम्बन्धी उजूरी परेको थियो । त्यस्तै नौ सार्वजनिक जग्गा तथा बाटोसम्बन्धी, १९ सिमाना विवाद, दुई सम्बन्धविच्छेद र एउटा महिला तथा बालबालिका हिंसासम्बन्धी उजूरी न्यायिक समितिमा दर्ता भएका थिए ।

सो अवधिमा ३१ उजूरी न्यायिक समितिबाट फैसला गरिएको, २० सहमति भएका, ४९ प्रक्रियामै रहेको र एउटा मुल्तबीमा राखिएको थियो ।

चालू आवामा पनि न्यायिक समितिका उजूरीहरु आउने क्रम बढिरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकामा आउने उजूरीहरु सबै लिखित रुपमै आउने गरेका छन् ।

उपप्रमुख डोटेलको संयोजकत्वमा रहेको समितिमा दुईजना कानून व्यवसायी सदस्य छन् । समितिले यहाँ दर्ता भएका मुद्दाको सुनुवाइका लागि प्रत्येक सोमबार र बिहीबार इजलास राख्दै आएको छ ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  १ : ४० बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला