चीनमा ११५ जना कोरोनाका नयाँ सङ्क्रमित फेला « Khabarhub

चीनमा ११५ जना कोरोनाका नयाँ सङ्क्रमित फेला


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु भेटिएका छन् । चीन भित्रै सङ्क्रमणका थप ११५ वटा नयाँ घटना बाहिर आएको  जनाइएको छ ।

चीनको नेशनल हेल्थ कमिसनले बुधबार दिएको जानकारीअनुसार चीनमा मङ्गलबार ११५ जना नयाँ संक्रमित भेटिएका र तीमध्ये १०७ जना त चीन भित्रैका नागरिकमा पाइएको हो ।

यहाँका स्थानीय नागरिकहरुबाटै ती १०७ जना व्यक्ति सङ्क्रमित भएका पाइएको समाचारमा जनाइएको छ ।

चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ । कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले यस्तो कदम सुरु गरेको जनाएको छ ।

बुधबार दिइएको जानकारीमा चिनियाँ स्वास्थ्य अधिकारीहरुले मङ्गलबार भेटिएका ११५ सङ्क्रमितमध्ये १०७ जना स्थानीय स्तरमै आपसमा सङ्क्रमित भएको पाइएको  र अरु विदेशबाट आएका हुन् ।

चीनले निको भएका बिरामीमाथि पनि नजर राख्न र पुनः स्वास्थ्य परीक्षण गर्ने काम केही महिना यतादेखि नै थालेको हो ।

मङ्गलबार भेटिएका स्वदेशी सङ्क्रमितहरुमध्ये ९० जना त उत्तरी चीनको हुबे प्रान्तका पाइएका हुन् । यसबाट सो क्षेत्रमा पछिल्लो समयमा स्थानीय स्तरमा कोरोना संक्रमण बढेको पाइएको बताइएको छ ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  २ : ५५ बजे

इराकमा अमेरिकी सैन्य विमान खस्दा चार जनाको मृत्यु

काठमाडौं- इराकमा अमेरिकी सैन्य विमान खस्दा चार जनाको ज्यान गएको

पोखरामा नेपाल-भारत बैठक : आगामी एक वर्षलाई विद्युत् खरिद दर निर्धारण

पोखरा- आगामी एक वर्षका लागि भारतका बिहार, उत्तर प्रदेश तथा

वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार जनाको मृत्यु

काठमाडौं- वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको

निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा सरकारलाई नागरिक अभियानद्वारा धन्यवाद ज्ञापन

काठमाडौं- स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का अध्यक्ष