कोरियन कम्पनी सामसुङको बहुप्रतिक्षित नयाँ फोन ग्यालेक्सी फोल्ड शुक्रबारदेखि बजारमा आउने भनिएको थियो । तर, फोन भाँचिएपछि र अन्य खराबी देखा परेपछि सामसुङले यो फोन तत्काल बजारमा नपठाउने भएको छ ।
कम्पनीले फोनमा थप परिक्षण गरेर मात्रै बजारमा पठाउने बताएको छ । तर, उक्त फोन कहिलेदेखि बजारमा पठाइनेछ भन्ने विषयमा भने सामसुङले केही उल्लेख गरेको छनै ।
१९८० अमेरिकी डलर मूल्य अङ्कित यो फोन सर्वसाधारणको लागि लक्षित नभए पनि स्मार्टफोनको क्षेत्रमा क्रान्ति ल्याउने विश्वास गरिएको छ ।
प्रतिक्रिया