७ पोस्टरमा हेर्नुहोस् पल र वर्षाको ‘वीर विक्रम २’ « Khabarhub

७ पोस्टरमा हेर्नुहोस् पल र वर्षाको ‘वीर विक्रम २’


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेठ ३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘वीर विक्रम २’ का एकसाथ ७ पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले सामाजिक सञ्जाल फेसबूकमार्फत फिल्मका पोस्टर सार्वजनिक गर्‍यो ।

सार्वजनिक गरिएको पोस्टरमा फिल्मका मुख्य तीन अभिनेता पल शाह, वर्षा शिवाकोटी र नाजिर हुसेनलाई देख्न सकिन्छ । यस्तै पोस्टरमा कलाकार बुद्धि तामाङलाई पनि राखिएको छ । पोस्टरमा तीन कलाकारले वर्षालाई हेरेको देख्न सकिन्छ । केही पोस्टरमा भने वर्षा र पलको चारित्रिक प्रेमलाई झल्काएको देखाइएको छ ।

मिलन चाम्सको लेखन तथा निर्देशन रहेको यो फिल्ममा अर्पण सापकोटा सह–निर्माता छन् । प्रदीप भारद्वाजले स्क्रिप्ट लेखेको यो फिल्ममा वनिष शाहको सम्पादन, सुदीप बरालको डीओपी, नवराज उप्रेतीको क्यामेरा छ । यस्तै फिल्ममा देशभक्त खनाल, विनिषा भण्डारी, विनोद सुवेदी, मनिष लिम्बु लगायतका कलाकारको पनि अभिनय देख्न सकिनेछ ।

फिल्मले यसअघि सार्वजनिक गरेको रिमेक गीत ‘पिरतीको मीठो तिर्सना’ को राम्रै चर्चा छ ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ११ : ४४ बजे

सरकार संसद् र जनताप्रति जबाफदेही हुनुपर्छ : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार संसद्प्रति र

वर्षमानले भने : जनताले गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई खोज्दै छु

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले जनताले आफ्ना गुनासो

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई

इन्फान्टिनोको आलोचना गरेको तीन सातामै फिफाका उच्च अधिकारी बर्खास्त

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा) का प्रमुख सञ्चालन अधिकृत (सीओओ)

 प्रतिनिधिसभा : विद्युतीय चुलो प्रवर्द्धनमा जोड

काठमाडौं– आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारलाई विद्युतीय चुलो प्रवर्द्धनमा जोड