७ पोस्टरमा हेर्नुहोस् पल र वर्षाको ‘वीर विक्रम २’ « Khabarhub

७ पोस्टरमा हेर्नुहोस् पल र वर्षाको ‘वीर विक्रम २’


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेठ ३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘वीर विक्रम २’ का एकसाथ ७ पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले सामाजिक सञ्जाल फेसबूकमार्फत फिल्मका पोस्टर सार्वजनिक गर्‍यो ।

सार्वजनिक गरिएको पोस्टरमा फिल्मका मुख्य तीन अभिनेता पल शाह, वर्षा शिवाकोटी र नाजिर हुसेनलाई देख्न सकिन्छ । यस्तै पोस्टरमा कलाकार बुद्धि तामाङलाई पनि राखिएको छ । पोस्टरमा तीन कलाकारले वर्षालाई हेरेको देख्न सकिन्छ । केही पोस्टरमा भने वर्षा र पलको चारित्रिक प्रेमलाई झल्काएको देखाइएको छ ।

मिलन चाम्सको लेखन तथा निर्देशन रहेको यो फिल्ममा अर्पण सापकोटा सह–निर्माता छन् । प्रदीप भारद्वाजले स्क्रिप्ट लेखेको यो फिल्ममा वनिष शाहको सम्पादन, सुदीप बरालको डीओपी, नवराज उप्रेतीको क्यामेरा छ । यस्तै फिल्ममा देशभक्त खनाल, विनिषा भण्डारी, विनोद सुवेदी, मनिष लिम्बु लगायतका कलाकारको पनि अभिनय देख्न सकिनेछ ।

फिल्मले यसअघि सार्वजनिक गरेको रिमेक गीत ‘पिरतीको मीठो तिर्सना’ को राम्रै चर्चा छ ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ११ : ४४ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको