सेञ्चुरी कमर्सियल बैंकको साधारणसभा सम्पन्न « Khabarhub

सेञ्चुरी कमर्सियल बैंकको साधारणसभा सम्पन्न


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेञ्चुरी कमर्सियल बैंकको नवौ तथा दशौं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ ।

बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभाले शेयरधनीलाई आर्थिक वर्ष २०७५/७६को मुनाफाबाट चुक्तापुँजी रकम ८ अर्ब ४१ करोड ५४ लाख ७१ हजार ५७६ रुपैयाँ ३० पैसामा ४.७५ प्रतिशत नगद लाभांश(करसहित) र २ प्रतिशत बोनश शेयर तथा उक्त बोनश शेयर वितरण पश्चात् हुन आउने चुक्तापुँजी रकम ८ अर्ब ५८ करोडा ३७ लाख ८१ हजार रुपैयाँमा आर्थिक वर्ष २०७६/७७को मुनाफाबाट ५.२५ प्रतिशत बराबरको बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांस (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सानहिसाब र नगद प्रवाह विवरण बाँडफाटलगायतका प्रतिवेदन पारित गरेको छ ।

यससाधारण सभाले संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्न तीन जना संचालक रमेशकुमार निरौला, मनबहादुर राई र रणबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप ८२.४२ अर्ब र कर्जा रकम ६६.९३ अर्ब परिचालन गरी २२.०२ करोड मुनाफाआर्जन गर्न सफल भएको छ ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  ११ : २५ बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति भण्डारी धरौटीमा रिहा

काठमाडौँ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति डा. संगीता सिंह भण्डारी

फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न दलहरुलाई आयोगको निर्देशन

काठमाडौँ- निर्वाचन आयोगले आसन्न निर्वाचनलाई केन्द्रित घोषणापत्र सार्वजनिक गर्न मितिनै

कांग्रेसले चुनावी घोषणापत्र होइन, प्रतिज्ञापत्र ल्याउँछ : सभापति थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गतेको प्रतिनिधिसभा

‘तयारीबिनाका आयोजनाले वित्तीय प्रणालीमा चुनौती’

काठमाडौं- अर्थमन्त्री रामेश्वर खनालले सरकारले बजेट तर्जुमा गर्दा सम्बन्धित मन्त्रालयहरूले

नेपालमा कतारी लगानी भित्र्याउनेबारे गभर्नर पौडेलसँग छलफल

काठमाडौं – नेपालमा वैदेशिक लगानीका लागि विद्यमान कानुनी व्यवस्था, बैंकिङ