बडफ्लुको जोखिम हुन नदिन पूर्वतयारी « Khabarhub

बडफ्लुको जोखिम हुन नदिन पूर्वतयारी


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- बर्डफ्लु जोखिम हुन नदिन दाङमा पूर्व तयारी थालिएको छ । तयारी स्वरुप भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले बर्डफ्लु सम्बन्धी सचेतना कार्यक्रम गरेको हो ।

जिल्लामा हालसम्म कुनै पनि बर्डफ्लुको संक्रमण नभए पनि सचेतनामुलक कार्यक्रम सुरु गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र दाङका प्रमुख डा. बेदबहादुर केसीले जानकारी दिए ।

नेपालका बर्डफ्लुको संक्रमण नदेखिए पनि भारतका केही स्थानमा देखिएकाले नेपालमा भित्रिन नदिनका लागि सरकारले पूर्व तयारी सुरु गरेको उनको भनाइ छ ।

जिल्लामा पनि सरोकारवाला निकायसँग सहकार्य गरेर अगाडि बढिएको प्रमुख केसीले बताए । यसका बारेमा नागरिकलाई सचेतना जगाउन जरुरी रहेको उनी बताउँछन् । नागरिकलाई ढुक्क भएर मासु, अण्डा सेवन गर्न समेत उनले आग्रह गरे ।

जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले सबैले आ–आफनो जिम्मेवारी बहन गर्न सक्नु पर्ने बताए । सबैले आफ्नो स्थानबाट जिम्मेवारी बहन गर्न सकेमा रोगको संक्रमण हुन नसक्ने उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बर्डफ्लुको जोखिम नभए पनि पूर्व तयारका लागि सचेतना कार्यक्रम आयोजना गरिएको बताए ।

रोगको संक्रमण हुन नदिनका लागि व्यावसायिक मर्यादा पालना गर्न समेत उनले आग्रह गरे । व्यवसायीहरुले आफ्नो व्यवसायसँगै नागरिकको स्वास्थ्यमा समेत ध्यान दिन जरुरी रहेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

जिल्लामाका सबै नाकाहरुमा कडाइ गरिएको उनको भनाइ छ । जिल्लामा रहेका भारतसँगका सीमानाकामा पशुपंक्षी आयातमा रोकिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  १२ : ०४ बजे

कोलम्बिया विश्वकपको अघिल्लो चरणमा : संघर्षपूर्ण खेलमा कंगो १–० ले पराजित

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा

रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी, नामावली प्रकाशनमा ढिलाइ

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा ९९

आफ्नै दममा फिल्म हिट बनाउन सक्ने जितु

काठमाडौँ- अब भन्दा फरक पर्दैन- जितु नेपालले बनाएको ‘आई एम

गोल्डेन बुटको दाैड: मेसीको अनुभव, एम्बाप्पेको गति कि हालान्डको फिनिसिङ ?

काठमाडौँ – फिफा विश्वकप २०२६ सुरु भएको केही समयमै फुटबल

रास्वपा केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाहको सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका