थर्ड व्हिलले बेच्न थाल्यो ई–प्लुटो र इट्रान्स नियो इलेक्ट्रिक स्कुटर, २५ हजारसम्मको छुट सुविधा | Khabarhub Khabarhub

थर्ड व्हिलले बेच्न थाल्यो ई–प्लुटो र इट्रान्स नियो इलेक्ट्रिक स्कुटर, २५ हजारसम्मको छुट सुविधा


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– थर्ड व्हिलले नेपाली बजारमा दुई नयाँ इलेक्ट्रिक स्कुटर उपलब्ध गराउन थालेको छ । कम्पनीले शुक्रबारदेखि अनलाइनमार्फत् ती स्कुटर बिक्रीको सेवा सुरू गरेको हो ।

थर्ड ह्विल विगत २ वर्षदेखि नै अनलाइन माध्यमबाट दुई पाङ्ग्रे सवारीको सर्भिसिङ गर्ने, पार्टपुर्जा बिक्री गर्ने, तथा बाइक तथा स्कुटरहरुको एक्सोसेरिसहरुको बिक्रि लगायतका सेवा दिदै आएको थियो । थर्ड ह्विलले व्यवसाय विस्तारको नयाँ अध्यायका रूपमा इलेक्ट्रिक स्कुटरहरु अनलाइन प्लेटफर्ममार्फत् बिक्री वितरण गर्ने कामको थालनी गरेको छ ।

कम्पनीले भारतको प्योर कम्पनीका ई– प्लुटो र इट्रान्स नियो नामका दुई स्कुटर बिक्रीमा राखेको छ । भारतीय ब्रान्डका यी स्कुटर किन्न चाहनेले अनलाइनमा अर्डर गरेपछि ‘टेस्ट ड्राइभ’ गर्न घर अथवा अफिस मा नै उपलब्ध हुनेछन् ।

ई प्लुटो ७जी को मूल्य २ लाख ४९ हजार कायम गरिएको छ । क्रोम फिनिस्ड बडी रहेको ई प्लुटोमा २.५ किलोवाट आवरको पोर्टेबल ब्याट्री प्याक दिइएको छ जसले फुल चार्जमा ९० देखि १ सय २० किलोमिटर दौडन सक्ने क्षमता राखछ ।

तीन स्पिड मोड दिइएको स्कुटर ६० किलोमिटर प्रतिघन्टाको गतिमा दौडन सक्छ । स्कुटरमा एलईडी ड्यासबोर्ड दिइएको छ भने ३० एनएमको टर्क उत्पादन गर्न सक्छ ।

स्कुटरमा प्रयोग भएको ब्याट्रीमा ३ वर्ष वा ४० हजार किलोमीटरको वारेन्टी कम्पनीले नै दिएको छ भने थर्ड ह्विलले आफ्ना ग्राहकका हकमा एक बर्ष इमर्जेन्सी मेन्टिनेन्सको सुविधा थप गरेको छ ।

नियो इट्रान्समा भने क्रोम फिनिसबाहेक सबै विषेशता छन् । स्कुटरको मूल्य २ लाख २९ हजार रूपैयाँ तोकिएको छ ।

थर्ड ह्विलले बेच्न लागेका यी स्कुटरहरु माछापुच्छ्रे बैंक, नबिल बैंक र एनआईसी एसिया बैंकबाट शुन्य ब्याजदरमा किन्न सकिन्छ । स्कुटर किन्दा १० हजार रूपैयाँ बराबरको एसोसेरिज निःशूल्क तथा १५ हजार क्यास ब्याक पनि दिइने बताइएको छ । कम्पनीले स्कुटरमा एक वर्षको निःशूल्क सर्भिसिङको सुविधा दिइएको छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  २ : ०० बजे

मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरि काठमाडौं ल्याइयो

काठमाडौं – मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएका ज्योतिबहादुर

जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा

म्याग्दी – यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका

लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का

त्रिपोली – लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी

अमेरिकामा ज्यान गुमाएका ४ जनाको अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

गोरखा – अमेरिकामा गोली लागेर मृत्यु भएका गोरखाका एकै घरका

गण्डकीमा सत्ताको चाबी बनेका मनाङेको राजनीतिक ‘इनिङ्स’ समाप्त

पोखरा – गण्डकी प्रदेशको सत्ता राजनीतिमा जब-जब सङ्कट आउँथ्यो, एक