मेगा बैंकले सञ्चालनमा ल्यायो अत्याधुनिक भर्चुअल सहायता सेवा « Khabarhub

मेगा बैंकले सञ्चालनमा ल्यायो अत्याधुनिक भर्चुअल सहायता सेवा


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुका लागि अत्याधुनिक भर्चुअल (अनलाइन) सहायता शुभारम्भ गरेको छ ।

ग्राहकहरुलाई छिटो, छरितो र सहजरुपमा बैंकका प्रडक्ट/सेवाका साथै बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राहीका जिज्ञाशाहरुको पनि सम्बोधन गर्ने उद्देश्यले मेगा बैंकले ‘मेगा इन्टेलिजेन्स भर्चुअल असिस्टेन्ट’ सेवा प्रारम्भ गरेको हो ।

छोटकरीमा ‘मिभा’ नामाकरण गरिएको यो सेवा इन्टरनेटको पहुँचमा रहेका ग्राहक महानुभावहरुले २४ सै घण्टा लिन सक्नेछन् ।

कसरी लिने यो सेवा ?

ग्राहकहरुले मेगा बैंकको आधिकारिक वेबसाइट मेगा बैंक नेपाल डटकम वा फेसबुक म्यासेन्जरमार्फत सजिलै यो सहायता लिन सक्नेछन् ।

वेबसाइटको दायाँतर्फ मेगा बैंकको अफिसियल मासकट ‘कान्छा’ वा ‘कान्छी’ देखिनेछ । त्यसमा क्लिक गरेपछि सेवाग्राहीहरुले मेगा बैंकले प्रदान गरिरहेका बिभिन्न प्रडक्ट/सेवा र जानकारी आफुले छनौट गरेको भाषा नेपाली वा अंग्रेजीमा प्राप्त गर्न सक्नेछन् । आफूलाई आवश्यक परेको बटममा क्लिक गरिसकेपछि ग्राहकहरुले तत्कालै प्रतिक्रिया सहित सेवा प्राप्त गर्न सक्नेछन् ।

डबल विन्डोमा बनेको ‘मिभा’मा ग्राहकले राखेको जिज्ञासाको प्रतिक्रियाको अतिरिक्त सो जिज्ञासासँग मिल्दा अन्य जिज्ञासाहरु समेत एकसाथ उपलब्ध हुनेछन् ।

ग्राहकले आफ्नो खाताको मौज्दात विवरण तथा कारोवारको विवरण थाहा पाउन सकिने विशेषता रहेको आर्टिफिसियल इन्टेलिन्समा आधारित यो च्याटवट सेवा डिजिटल बैंकिङका लागि अत्याधुनिक पद्दतीवाट सञ्चालन गरिएको मेगा बैंकले जनाएको छ ।

ग्राहकहरुलाई नवीनतम सेवा दिने उद्देश्यले यसअघि नै मेगा बैंकले भिडियो अकाउन्ट ओपनिङ, टिक बैंकिङ लगायतका सेवाहरु ल्याइसकेको छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ६ : ०२ बजे

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा

जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

जुम्ला– साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार ४९

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी– केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी

क्यालिनिनग्राडमाथि हमला भए परमाणु हतियार प्रयोग गर्न सक्ने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक क्षेत्रमा रहेको रुसी भूभाग