ग्लोबल आइएमई बैंकको अध्यक्षमा ढकाल निर्विरोध, १६ प्रतिशत लाभांश पारित « Khabarhub

ग्लोबल आइएमई बैंकको अध्यक्षमा ढकाल निर्विरोध, १६ प्रतिशत लाभांश पारित


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ग्लोबल आइएमई बैंक लिमिटेडको १४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

साधारणसभाले चन्द्रप्रसाद ढकालको अध्यक्षतामा बैंकको नयाँ सञ्चालक समिति चयन गरेको हो।

सञ्चालक सदस्यमा क्याबिनेट श्रेष्ठ (संस्थापक), रामबहादुर भण्डारी (संस्थापक), सुदर्शनकृष्ण श्रेष्ठ (सर्वसाधारण), कृष्णप्रसाद शर्मा (सर्वसाधारण) र दिपक शर्मा पोखरेल (सर्वसाधारण) छन्।

अध्यक्ष ढकाललाई आजै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन्।

बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १४ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत लाभांश दिने निर्णय पारित गरेको छ।

बैंकले गत आर्थिक वर्षमा सञ्चालन मुनाफा ४ अर्ब १७ करोड रुपैयाँ र करपछिको मुनाफा २ अर्ब ९१ करोड रुपैयाँ आर्जन गरेको छ।
बोनस सेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्ने छ।

हाल बैंकले २ खर्ब ४९ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गर्नुका साथै २ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ।

बैंकले ७३ जिल्लामा रहेका २६४ शाखामार्फत २२ लाख ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ४ : ०८ बजे

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा

जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

जुम्ला– साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार ४९

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी– केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी

क्यालिनिनग्राडमाथि हमला भए परमाणु हतियार प्रयोग गर्न सक्ने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक क्षेत्रमा रहेको रुसी भूभाग