कांग्रेसले आज देशभरका स्थानीय तहमा प्रदर्शन गर्दै « Khabarhub

कांग्रेसले आज देशभरका स्थानीय तहमा प्रदर्शन गर्दै

कुन नेताले कहाँ सम्बोधन गर्ने ?


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दैछ । दोस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत कांग्रेसले ७ सय ५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्न लागेको हो ।

गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी वैशाख १७ र २७ गते गरी दुई चरणमा निर्वाचन घोषणा गरेपछि कांग्रेस देशव्यापी प्रदर्शनमा छ ।

कांग्रेसले माघ ८ गते देशभरका ६ हजार ७ सय ४३ वटै वडामा विरोध प्रदर्शन गर्दैछ । कांग्रेसले देशभर संघीय संसदका निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय विरोध सभा गरिसकेको छ ।

आजको विरोध प्रदर्शनमा सक्रिय सहभागिता साथ प्रभावकारी रुपले सफल बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले हिजै अपिल गरेका थिए ।

पार्टीको सबै तहका नेता कार्यकर्ताहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न देउवाको अपिल छ ।

यस्तै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले हिजै भिडियो सन्देशमार्फत प्रधानमन्त्री ओली आफैले अवैधानिक कदम चालेको कबुल गरेकाले विरोध प्रदर्शनमा उत्रन आह्वान गरे थिए ।

सर्वोच्च अदालतसम्म आवाज पुग्ने गरी सारा जनताले डटेर विरोध पर्ने उनको आग्रह थियो ।

संसद विघटनको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनाइको प्रक्रियमा रहेको बेला पौडेलले आन्दोलनलाई प्रभावकारी बनाउन कार्यकर्तालाई आग्रह गरे । कांग्रेसका शीर्ष नेताहरु पनि विरोधसभामै सहभागी हुने कार्यक्रम छ ।

सभापति देउवाले काठमाडौँमा आयोजित कार्यक्रममा सम्बोधन गर्नेछन् । त्यस्तै वरिष्ठ नेता पौडेले चितवनको शारदानगरमा विरोधसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै महामन्त्री डा शशांक कोइरालाले नवलपुरको देवचुली नगरपालिकामा आयोजित कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ । पूर्वमहामन्त्री प्रकाशमानसिंह काठमाडौँ महानगरपालिका र नेता गगन थापाले बूढानीलकण्ठको हात्तीगौंडा र ललितपुरको महाकाल गाउँपालिकामा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

यस्तै नेता डा मिनेन्द्र रिजाललाई नेपालगञ्ज र डा. शेखर कोइरालाले मोरङका दुई वटा विरोधसभामा सम्बोधन गर्ने कार्यतालिका छ ।

नेता प्रदीप पौडेल विराटनगर र प्रवक्ता विश्वप्रकाश शर्मा भक्तपुरमा हुने विरोधसभालाई सम्बोधन गर्ने छन् । यस्तै नेता अर्जुननरसिंह केसी र डा. रामशरण महतले नुवाकोटको देवीघाटम हुने विरोधसभा सम्बोधन गर्ने कार्यक्रम छ ।

यस्तै सहमहामन्त्री प्रकाशरण महतले कागेश्वरी मनोहरा नगरपालिकाको वीरेन्द्रचोक र गोठाटारको विरोधसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

नेता धनराज गुरुङ्ग चितवनको खैरेहनीमा र प्रकाश रसाइली स्नेही हेटौडाको विरोसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

यस्तै नेता गुरुराज घिमिरे र नैनसिह महर काभ्रे जाने कार्यक्रम तय भएको छ । नेता वीरबहादुर बलायरले डोटीमा र जीवन बहादुर शाहीले मुगुको रुसकोट, माँझचौर, खत्याडको विरोधसभालाई सम्बोधन गर्ने छन् । यस्तै कांग्रेसका केन्द्रीय अधिकांश नेताहरुले पनि गृहजिल्लाको विरोधसभामा सहभागी हुँदै छन् ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ९ : ५४ बजे

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया

काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ

अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यक : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धान, प्रविधिको प्रयोग र

आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा

दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव आजदेखि  

इलाम– देउमाई नगरपालिकाको वडा नं. ३ पानिटारस्थित सामुदायिक विकास समाजको