पीएम कप क्रिकेट : प्रदेश-१ लाई एपीएफको २४४ रनको लक्ष्य « Khabarhub

पीएम कप क्रिकेट : प्रदेश-१ लाई एपीएफको २४४ रनको लक्ष्य


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेटमा विभागीय टिम एपीएफले प्रदेश-१लाई २ सय ४४ रनको विजयी लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफ ४८ ओभर ४ बलमा अलआउट हुँदै २ सय ४३ रन बनायो ।

एपीएफका लागि आसिफ शेखले ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै वसन्त रेग्मीले ४० रन जोड्दा सन्दीप जोराले ३० रन बनाए ।

कप्तान शरद भेषवाकरले २० तथा किशोर महतो र सुवास खकुरेलले समान १९/१९ रन जोडे । सुमित महर्जन १४ रनमा आउट भए ।

प्रदेश-१ का फिर्दोस अन्सारी, हेमन्त राई र दिपेश कंडेलले २/२ विकेट लिए ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  १ : १५ बजे

महाधिवेशनको परिणाम स्वीकार्छु, पार्टी छोड्दिनँ : ईश्वर पोखरेल

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको एघारौँ महाधिवेशनको

सुरुमै धराशायी बन्यो काठमाडौंको ब्याटिङ, लुम्बिनीले पाँचौँ ओभरमै लियो ४ विकेट

काठमाडौं– नेपाल प्रिमिर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार जारी

ईश्वर पोखरेलले भने : मैले झोंकमा उम्मेदवारी दिएको होइन, बैठकमै जानकारी गराएको छु

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूले कुनै झोंकमा

निर्वाचनको परिणामलाई स्वीकार्छु, पार्टी छोड्दिन : ईश्वर पोखरेल

काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको एघारौँ

ताराखोलाका तीन प्रयोगशाला प्रयोगविहीन

गलकोट– बागलुङको ताराखोला गाउँपालिकाका तीन प्रयोगशाला प्रयोगविहीन बनेका छन् ।