अदालततिर फर्केर दबाबको भाषा नबोल्न ओलीलाई प्रवक्ता शर्माको आग्रह « Khabarhub

अदालततिर फर्केर दबाबको भाषा नबोल्न ओलीलाई प्रवक्ता शर्माको आग्रह


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले  प्रधानमन्त्री ओलीलाई अदालततिर फर्केर दबाबको भाषा नबोल्न आग्रह गरेका छन ।

नेपाली कांग्रेस मध्यपुर थिमि नगर कार्य समितिले प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध आयोजना गरेको विरोधसभामालाई सम्बोधन गर्दै उनले न्यायाधीशलाई पार्टीको पोलिटव्यूरो सदस्य नठान्न समेत ओलीलाई चेतावनी दिए ।

‘संसद् विघटनको कदम असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादी छ। त्यसैले प्रधानमन्त्रीजी सर्वोच्च अदालततर्फ फर्केर दबाबको भाषा नबोल्नुस्,’ उनले भने ।

उनले सर्वोच्च अदालतको फैसला स्वीकार्न काँग्रेस तयार भएको बताए। तर आफ्ना कदमका विषयमा प्रधानमन्त्रीले जुहारी खेल्ने नहुने उनको भनाइ थियो।

उनले कम्युनिस्ट सरकारले भ्रष्टाचारलाई संस्थागत गर्ने बाहेकका काम नगरेको आरोप लगाए ।

उनले भने, ‘कम्युनिस्ट सरकार भ्रष्टाचारलाई संस्थागत गर्ने सरकार भएको पुष्टि भइसकेको छ। यो सरकारले भ्रष्टाचार नियन्त्रणको आश्वासमा मात्रै बाँडिरहेको छ ।’

अदालतले संसद विघटनको निर्णय सदर वा बदर गरेपनि ओलीको यात्रा बालकोट (ओलीको निजी निवास) हुने उनले दाबी गरे ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ६ : ३७ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ