वैशाखमा निर्वाचन हुँदैन : नेता पौडेल « Khabarhub

वैशाखमा निर्वाचन हुँदैन : नेता पौडेल


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी वैशाखमा निर्वाचन हुन नसक्ने तर्क गरेका छन ।

नेपाली कांग्रेस भरतपुर महानगर समितिले आज भरतपुर महानगरपालिका–१९ शारदानगर टाउनमा आयोजना गरेको बृहतसभामा उनले वैशाखमा निर्वाचन नहुने दावी गरेका हुन ।

पौडेलले प्रतिनिधिसभा पुनःस्थापना भए कांग्रेस नै निर्णायक हुने अवस्था आएको भन्दै निर्वाचन हुने भनेर ढुलमुले नीति लिन नहुने बताए ।
उनले भने, “कदम सच्याइनुपर्छ, प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ ।”

आगामी निर्वाचनमा बहुमत आउँछ भनेर नेकपाले चुनाव गर्न खोजेको नभई अर्काको लहैलहैमा संसद् विघटन हुन पुगेको उनको भनाइ थियो ।

“संविधानको व्याख्या गर्ने न्यायलय छ भने संसदीय प्रणालीबाट अस्थिरता नआउने गरी पाँच वर्ष प्रधानमन्त्रीले संसद् विघटन गर्न नसक्ने संविधानमा व्यवस्था गरिएको छ”, उनले भने ।

संसदमा कुनै अवरोध नभएको र पार्टीमा भएको झगडाले संसद् विघटन गरेर अस्थिरता निम्त्याउन खोजेको उनले आरोप लगाए ।

अदालतलाई आफूहरुले दवाव नदिएको बताउँदै उनले अदालतलाई संविधान हेरिदिनुस् भनेर अपिल गरेको दाबी गरे ।

आफूहरु सडकमा आउन बाध्य भएको भन्दै उनले भने, “लोकतन्त्रको चीरहरण हुँदा कांग्रेस चुप लाग्दैन ।” संविधान जोगाएर मात्रै निर्वाचनमा जानु पर्ने भन्दै नेता पौडेलले भन्नुभयो, “जनताको मतलाई लात हानेर जनताको कुरा गर्न मिल्दैन ।”

कार्यक्रममा कांग्रेस नेतृ डीला सङ्ग्रौलाले र चितवनका सभापति जीतनारायण श्रेष्ठले विगतका निर्वाचनमा अरुलाई भोट दिएर ठूलो गल्ती गरेको बताइन ।

त्यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश आचार्यले संसद् विघटन हुनुमा प्रधानमन्त्रीसँगै प्रचण्ड र माधव नेपाल पनि दोषी रहेको बताए ।

संसद् विघटनको दोष सिंगो नेकपाले लिनुपर्ने भन्दै उहाँले प्रम मात्र यसको भागिदार नभएको बताउनुभयो । उहाँले संसद् पुनःस्थापना नभएसम्म सङ्घर्ष जारी राख्ने बताए ।

सभा सुरु हुनुभन्दा पूर्वकांग्रेसले रत्ननगरमा विरोध र्‍याली निकालेको थियो । नगर सभापति रुपनराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस चितवनका सह–सचिव सूर्य अर्याल, नगरसचिव सीतादेबी शर्मा रेग्मीलगायतले संसद पुनःस्थापना माग गर्नुभएको थियो । नेपाली कांग्रेसले आजै अन्य छ वटा पालिकामा पनि विरोधसभा गरेको थियो ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ७ : १६ बजे

बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै

ढाका- साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले पठाएको औपचारिक निमन्त्रणा

सरकारी आयुर्वेद औषधिको उत्पादन बढाउन स्वास्थ्यमन्त्री मेहताको जोड

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आइतबार नरदेवी आयुर्वेद

५४ वर्षसम्म पनि स्तरोन्नति नहुँदा डुम्रे–बेँसीसहर सडकमा कष्टकर यात्रा

लमजुङ- डुम्रेदेखि बेँसीसहर जोड्ने ४२ किलोमिटर सडक मार्ग खुलेको ५४ वर्ष

मल वितरण प्रभावकारी, १९ दिनमै ४० हजार ५६९ मेट्रिकटन आपूर्ति

काठमाडौं – मनसुन सक्रिय भएसँगै देशभर धान रोपाइँ तीव्र बनेको छ।

धान रोपाइँमा सुस्तता, असार २२ सम्म देशभर ३२ प्रतिशत मात्र रोपाइँ सम्पन्न

काठमाडौं– नेपालमा यस वर्ष धान रोपाइँको गति गत वर्षको तुलनामा