ओली सरकार प्रतिगमनकारी भएको जसपा नेता किरातीको आरोप « Khabarhub

ओली सरकार प्रतिगमनकारी भएको जसपा नेता किरातीको आरोप


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरिया– साहित्यकार तथा जनता समाजवादी पार्टीका युवा नेता मिलनकान्छा किरातीले वर्तमान ओली सरकार प्रतिगमनकारी, दलाल, पूँजीपतिको कार्यकारी समिति रहेको आरोप लगाएका छन् ।

‘समृद्ध नेपाल निर्माणको लागि मेलोमा फर्कौँ’ अभियानले आयोजना गरेको भर्चुअल कार्यक्रमलाई कोरियाबाट सम्बोधन गर्दै किरातीले ओली सरकारलाई प्रतिगमनकारीको संज्ञा दिएका हुन ।

सो अभियानको सेन्ट्रल कोर्डिनेटरसमेत रहेका किरातीले मेलोमा फर्कनु अघि नै ओलीले लोकतन्त्र अपहरण गरी लगेकाले सबैजना यसको विरुद्ध सशक्त भएर उत्रिनु पर्ने बताए ।

जसपाको प्रवास प्रदेश पूर्व उपाध्यक्ष तथा हाल केन्द्रीय तहमा रहेका उनी आवद्ध पार्टीबारे सोधिएका केहि जिज्ञासाबारे किरातीले धेरै बोल्न चाहेनन् । तर उनले छोटोमा भने, ‘डबल नेकपा, दुईतिहाई ओली सरकारको औकात हेरेपछि पार्टी ठूलो कि असल बनाउने ? जसपा सचेत हुनेछ ।’ पार्टी विचारको पुञ्ज हो । अनेक विचार छन् । हाम्रो युवाको पनि विचार छ ।’

कोरोना महामारी र वर्तमान राजनीतिक सङ्कटले निम्त्याएको अस्थिरताका कारण लगानी गर्न र मेलोमा फर्कन वातावरण बनाई दिन सम्बन्धित निकायसँग अपिल गरिने अभियानका कोर्डिनेटर तथा माइग्रेन्ट नेपाली युनियनका केन्द्र संयोजक डा. राजन जिसीले बताए ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ७ : २७ बजे

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ – फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

मर्दी पदयात्राका क्रममा एक पर्यटक बेपत्ता

कास्की – कास्की जिल्लामा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मर्दी हिमाल

इँटाका चाङले पुरिँदा तीन मजदुरको मृत्यु

काठमाडौँ । सर्लाहीको हरिपुर नगरपालिका–५ कृष्ण इँटा उद्योगमा चाङ खस्दा

मनसुनबाट २ लाख २६ हजार ६६१ व्यक्ति प्रभावित हुने अनुमान

काठमाडौं – यसपालि मनसुनको समयमा दुई लाख २६ हजारभन्दा बढी

निरुता बनिन् राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तान

काठमाडौं – ओपन स्पाइकर निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल