ओभर लोड बोक्ने ट्रकमाथि कडाई, दुई दिनमा १० ट्रक नियन्त्रणमा « Khabarhub

ओभर लोड बोक्ने ट्रकमाथि कडाई, दुई दिनमा १० ट्रक नियन्त्रणमा


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


रौतहट– ट्राफिक प्रहरी रौतहटले क्षमताभन्दा बढी भार बोकेर आउने १० वटा मालबहाक ट्रकलाई नियन्त्रणमा लिएको छ । दुई दिनमा दश वटा भन्दा बढी मालबाहक ट्रकलाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

जरिवाना काट्दै ‘ओभरलोड’ छाड्दै आएको ट्राफिक प्रहरीले यसपटक भने क्षमताभन्दा बढी बोक्ने ट्रकको सामान खन्याई अर्को ट्रकमा लैजानुपर्ने भन्दै ओभरलोड ट्रक सञ्चालनमाथि कडाई गरेको हो ।

नेपालको सडकको बाटो अनुसार सडक डिभिजनले ६ चक्के ट्रकले १० टन, १० चक्के ट्रकले १७ टन, १२ चक्के ट्रकले २१ टन र १४ चक्के ट्रकले २५ टनसम्मको सामान लोड मालबाहक ट्रक संचालन गर्न मापदण्ड निर्धारण गरेको छ ।

यसविपरित लामो समयदेखि निर्वाधरुपले क्षमता भन्दा बढी ( ओभरलोड ) मालसामान लोड गरी सञ्चालन हुँदै आएका मालबाहक सबारी साधन लाई राजमार्गमा रहेका ट्राफिक प्रहरीले जरिवाना लिदै सञ्चालनमा छुट दिँदै आएका थिए ।

तर अहिले प्रहरीले ओभरलोड सामान ल्याएर आउने मालबहाक ट्रकलाई मात्र नभएर ट्रकको ढालाभन्दा माथि सामान हालेर ल्याउनेहरुलाई समेत कडाई गरेको छ ।

गाईभैसी पालक किसानहरुले पराल, भुसा लोड गर्दा ट्रकहरुमा ढाला भन्दा माथि ल्याउने गरेका छन्।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ३ : १७ बजे

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी

भारतीय सहयोगमा निर्मित पाटनको कुमारी छेँ र नयाँ कुमारी निवास उद्घाटन

ललितपुर- ललितपुरको पाटनमा पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल ‘कुमारी छेँ’ र

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै

अमेरिकी प्रतिबन्धबारे चीनले भन्यो : इरानसँगको सहकार्य अन्तर्राष्ट्रिय कानुनअनुसार

बेइजिङ- इरानमाथि अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धबारे अर्को शक्ति राष्ट्र