निर्वाचन कार्यालय नवलपुरद्वारा मतदाता नामावलीमा भएका त्रुटी सच्याउन आग्रह « Khabarhub

निर्वाचन कार्यालय नवलपुरद्वारा मतदाता नामावलीमा भएका त्रुटी सच्याउन आग्रह


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– सरकारले आगामी बैशाख १७ र २७ गतेका लागि चुनाव तय गरेपछि नवलपरासीपूर्वमा निर्वाचन कार्यालयले तयारी थालेको छ ।

मध्यावधि निर्वाचनलाई लक्षित गरी जिल्ला निर्वाचन कार्यालय नवलपरासी पूर्वले मतदाता नामावली अध्यावधिक कार्यक्रम अघि बढाएको छ ।

जिल्ला निर्वाचन कार्यालयले नवलपरासी पूर्वका सबै स्थानीय तहको केन्द्रमा आगामी माघ १६ र १७ गते मतदाता नामावलीका बारेमा कुनै पनि निवेदन र उजुरी दिन सकिने जनाएको छ ।

मतदाता नामावालीमा रहेको त्रुटी सच्चाउन, नामावलीमा झुठा विवरण भए उजुरी दिन, दुई ठाउँमा नामावली भएमा एक स्थानमा मात्रै कायम गर्न निवेदन दिन तथा मृत्यु, नागरिकता त्यागेका वा बसाइ सराइ गरी अन्यन्त्र गएका ब्यक्तिको नाम मतदाता नामावलीबाट हटाउन निवेदन दिनका लागि निर्वाचन कार्यालयले आग्रह गरेको छ ।

जिल्ला निर्वाचन कार्यालयले जरुरी सूचना प्रकाशित गरी मतदाता नामावलीकाबारेमा जिल्लाको ८ वटै स्थानीय तहको केन्द्रमा उजुरी दिन सकिने जनाएको छ ।

यस्तो छ सूचना

 

 

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ७ : ३५ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता