२४ घण्टामा ३१८ कोरोना संक्रमित थपिए, ६ को मृत्यु | Khabarhub Khabarhub

२४ घण्टामा ३१८ कोरोना संक्रमित थपिए, ६ को मृत्यु


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ३१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३ हजार ६९३ रहेको छ ।

यसअघि मंगलबार (हिजो)को तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ थियो ।

पछिल्लो २४ घण्टामा थप ३८३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६२ हजार ६४२ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो।

यसअघि सोमबार (हिजो) सम्मको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६२ हजार २५९ रहेको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९७५ पुगेको छ ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ४ : ५० बजे

जुम्लामा पहिलो चौमासिकमा १२ प्रतिशत मात्र विकास खर्च

जुम्ला – जुम्लामा पहिलो चौमासिकमा करिब १२ प्रतिशत मात्र विकास

दुःख–पीडामा रहेकालाई सहयोग गर्नु नेपाली समाजको संस्कृति : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा दुःख–पीडामा

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे सम्मानित

काठमाडौं– किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल नेपाली

मकवानपुरगढीले दियो कृषकलाई अनुदान

हेटौँडा– मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले बाँझो जग्गाको उपयोग गरी कृषिमा आत्मनिर्भर

चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ

झापा– झापामा विस्फोटक पदार्थ राखेर सर्वसाधारणलाई आतंकित बनाएको आरोपमा प्रहरीले