संसद विघटनविरुद्ध वडास्तरीय आन्दोलन प्रभावकारी बनाउन देउवाको अपील « Khabarhub

संसद विघटनविरुद्ध वडास्तरीय आन्दोलन प्रभावकारी बनाउन देउवाको अपील


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले बिहीबार (भोलि) देशभरका ६ हजार ७४३ वडामा प्रदर्शन गर्ने भएको छ।

बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले विरोध प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन्। वडाको प्रदर्शनलाई पनि सक्रिय सहभागिता जनाएर सफल बनाउन सभापति देउवाले अपिल गरेका हुन्।

‘संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस एक मत छ’, विज्ञप्तिमा भनिएको छ, ‘पार्टीका सवै तहका साथीहरुसँगै समस्त लोकतन्त्रवादीमा भोलिको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपिल गर्दछु।’

बुधवार विज्ञप्ति जारी गर्दै सभापति देउवाले भने- ‘के.पी. शर्मा ओलीको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले भोलि माघ ८ गते बिहीवार ६,७४३ वडाहरुमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा हार्दिक अपील गर्दछु ।”

संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै कांग्रेसले विरोध गर्दै आइरहेको छ । प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै कांग्रेसलले यसअघि पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेश सभा निर्वाचन क्षेत्र र माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ।

यस्तो छ अपिल

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ५ : १४ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी