डोनाल्ड ट्रम्पले छाडे ह्वाइटहाउस, गृहराज्य फ्लोरिडा प्रस्थान « Khabarhub

डोनाल्ड ट्रम्पले छाडे ह्वाइटहाउस, गृहराज्य फ्लोरिडा प्रस्थान


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपतिमा पराजित भएका डोनाल्ड ट्रम्पले ह्वाइटहाउस छाडेका छन् ।

राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले पदभार ग्रहण गर्ने दिन बिहान ट्रम्पले राष्ट्रपति कार्यालय छाडेका हुन् ।

आफ्ना उत्तराधिकारीलाई ह्वाइटहाउसमा स्वागत गर्ने परम्परालाई लत्याउँदै उनी फ्लोरिडा उडेका हुन् । अमेरिकी सञ्चार माध्यमहरुका अनुसार उनले राष्ट्रपति पद छोड्ने अन्तिम समयमा ७३ जनालाई क्षमादान दिएका छन् ।

बिदाइ सम्बोधनमा ट्रम्पले अमेरिका सधैँ संसारका लागि आशा, प्रकाश तथा गौरवको भूमि भएको र भविष्यमा पनि रहिरहनुपर्ने बताएका छन् ।

नयाँ प्रशासनले अमेरिकालाई सुरक्षित र सम्पन्न तुल्याइराख्न सफल हुनेमा उनले विश्वास व्यक्त गरे ।

 

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ४ : ३२ बजे

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास