कति लाग्छ नेपालमा मेडिकल शिक्षा पढ्न ? यस्तो छ सरकारले निर्धारण गरेको मूल्य | Khabarhub Khabarhub

कति लाग्छ नेपालमा मेडिकल शिक्षा पढ्न ? यस्तो छ सरकारले निर्धारण गरेको मूल्य


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा चिकित्सा शिक्षा अध्ययन शुल्क हरेक वर्ष सरकारले नै तोक्ने गर्छ । तर चिकित्सा क्षेत्रमा कार्यरत व्यक्तिहरु बाहेक धेरैलाई सरकारले तोकेको शुल्क थाहा नहुन सक्छ ।

चिकित्सा शिक्षामा लाग्ने शुल्कको विषयमा जानकारी नभएकै कारण धेरै विद्यार्थी तथा अभिभावक मेडिकल कलेहरुबाट ठगिने समेत गरेका छन् ।

त्यसलै चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थी र तीनका अभिभावकले शैक्षिक शुल्कको विषयमा जानकारी लिनैपर्ने हुन्छ । आज हामी तपाईलाई एमबिबिएस र बिडिएस अध्ययनका लागि सरकारले निर्धारण गरेको शुल्कको विषयमा जानकारी दिदैछौं ।

एमबिबिएस र बिडिएस अध्ययनमा सरकारले तोकेको शुल्क यस्तो छ 

शैक्षिक वर्ष २०७५/७६ मा एमबिबिएस र बिडिएसका लागि सरकारले पुरानै शूल्क कायम गरेको छ । गत असोज २६ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार शैक्षिक वर्ष २०७५/७६ का लागि सरकारले दुईथरी शुल्क निर्धारण गरेको छ ।

चिकित्सा शिक्षा अन्तर्गत स्नातक तह एमबीबीएस अध्ययनका लागि सरकारले यो शैक्षिक वर्षका लागि उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ४५ हजार कायम गरेको छ ।

यस्तै बिडिएसतर्फ १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ कायम गरिएको छ ।

सरकारले आगामी शैक्षिक वर्षका लािग भने राष्ट्र बैँकद्वारा प्रकाशित मुद्रास्फिति दरका आधारमा शुल्क समायोजन जनाएको छ ।

सरकारले तोकेको शुल्क विपरीत कुनै पनि कलेजले विद्यार्थीसँग बढी शुल्क लिन पाउँदैन ।

यदी कुनै मेडिकल कलेजले बढी शूल्क लिएमा विद्यार्थी वा अभिभावकले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिई सम्बन्धित

विश्वविद्यालय र प्रतिष्ठानमा सोको जानकारी गराउन सक्नेछन् ।

बढी शुल्क लिने मेडिकल कजेलाई सरकारले उजुरीको आधारमा छानबिन गरी कारबाही गर्ने गर्छ ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  १० : ५७ बजे

दादासाहेब फाल्के चित्रनगरीमा सत्यराजको ‘बिच्छेद’ले सर्वोत्कृष्ट फिचर फिल्मको अवार्ड

काठमाडौं– सत्यराज चौलागाई निर्देशित फिल्म ‘बिच्छेद’ले ‘दादासाहेब फाल्के चित्रनगरी (फिल्म

धेरै कम्पनीको शेयर मूल्य घट्दा पनि बढ्यो नेप्से 

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) प्री ओपन सेसनमा १०

रामेछापमा पहिलोपटक जुनारमा ‘ट्याग’ लगाइँदै

मन्थली– जुनार बगैँचालाई थप व्यवस्थित गर्ने उद्देश्यले रामेछापमा पहिलो पटक

म्याग्दी र मुस्ताङमा बढ्यो पर्यटकीय चहलपहल

गलेश्वर– म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिक स्थलमा आन्तरिक तथा

तिब्बतमा बढिरहेको आर्थिक गतिविधिबाट नेपाललाई फाइदा हुन्छ : मन्त्री भण्डारी (भिडियोसहित) 

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनको स्वशासित क्षेत्र