जो बाइडेनले लिए अमेरिकी राष्ट्रपतिको शपथ « Khabarhub

जो बाइडेनले लिए अमेरिकी राष्ट्रपतिको शपथ


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जो बाइडेनले अमेरिकाको ४६ औं राष्ट्रपतिको शपथ लिएका छन् ।

बाइडेनले बाइबललाई साक्षी राखेर सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सबाट पद तथा गोपनीयताको शपथ लिएका हुन ।

शपथ समारोहमा चर्चित कलाकारहरु लेडी गागा, जेनिफर लोपेज लगायतको प्रस्तुति दिएका थिए ।

समारोहमा भूतपूर्व राष्ट्रपति बाराक ओबामा र मिसेल ओबामा जर्ज डब्ल्यू बुश र लोरा बुश बिल र हिलरी क्लिन्टन लगायतका पाहुना उपस्थित छन्।

डेमोक्र्याटिक सिनेटर एमी क्लोबुचरले स्वागत मन्तव्य दिँदै “आजको दिन आफूहरूको प्रजातन्त्रले आफूलाई लडेको भूईँबाट आफै उठाएको दिन हो भनेकी छन्।”

नोभेम्मबर २०, सन् १९४२ मा जन्मिएका जो बाइडनको पूरा नाम जोसेफ रोबिनेट बाइडन जुनियर हो ।

उनी सन् २००९ देखि २०१७ सम्म बाराक ओबामाको राष्ट्रपतीय कार्यकालमा उपराष्ट्रपति रहेका थिए । बाइडनलाई एक प्रभावशाली वक्ता, कुशल कुटनीतिज्ञ, अनुभवी, कुशल प्रचारकका रूपमा लिइन्छ।

शपथग्रहण कार्यक्रमलाई लक्षित गरी अमेरिकाका ५० वटै राज्यमा उच्च सतर्कता अपनाइएको थियो ।

शपथग्रहण समारोहमा अमेरिकी सेनाको ब्याण्डले परम्परागत धुन बजाउने प्रचलन अनुसार निरन्तरता दिएको हो ।

गत नोभेम्बर ३ मा भएको चुनावमा बाइडेनले ३०६ इलेक्टोरल कलेज मत प्राप्तका साथ ऐतिहासिक जित हासिल गरेका थिए । तथा डोनाल्ड ट्रम्पले भने २३२ इलेक्टोरल कलेज मत प्राप्त गरेका थिए ।

हेरौँ भिडियो

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  १० : ३६ बजे

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक