कोरोनाको मृत्युमा नयाँ रेकर्ड, एकैदिन १७ हजार २३५ संक्रमितको मृत्यु « Khabarhub

कोरोनाको मृत्युमा नयाँ रेकर्ड, एकैदिन १७ हजार २३५ संक्रमितको मृत्यु


८ माघ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर कोरोना भाइरसको मृत्युमा नयाँ रेकर्ड कायम भएको छ ।

बितेको २४ घण्टामा अहिलेसम्मकै धेरै १७ हजार २३५ संक्रमितको मृत्यु भएको छ । यसअघि माघ १ मा १६ हजार २६९ संक्रमितको मृत्यु भएको छ ।

बिहीबार बिहानसम्मको तथ्यांक अनुसार विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० लाख ८१ हजार ५४१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६ लाख ६९ हजार ४०१ संक्रमित थपिएका छन् । योसँगै ९ करोड ७२ लाख ७९ हजार ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सक्रिय संक्रमित २ करोड ५३ लाख ६९ हजार २३० जनाको होम तथा संस्थागत आइसोलेसन र विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत १ लाख १२ हजार ३३७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अहिलेसम्म ६ करोड ९८ लाख २८ हजार ९७२ जनाले कोरोनालाई जितेका छन् ।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा आज एकै दिन ४ हजार ३०९ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख १५ हजार ८२९ पुगेको छ ।

त्यहाँ एकैदिन १ लाख ८६ हजार ७०६ जना संक्रमित थपिएका छन् । योसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ४९ लाख ९७ हजार २५५ पुगेको छ । सक्रिय संक्रमितको संख्या ९६ लाख १६ हजार ४६० छ । २८ हजार १२९ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

दोस्रो स्थानको भारतमा संक्रमित संख्या १ करोड ६ लाख नाघेको भने अहिलेसम्म १ लाख ५२ हजार ९०६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहिबार  ६ : ४० बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको