शेयर बजारमा सामान्य सुधार | Khabarhub Khabarhub

शेयर बजारमा सामान्य सुधार


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–धितोपत्र बजारमा मंगलबार शेयरको मूल्यमा सामान्य सुधार आएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.७४ विन्दुले बढेर एक हजार २६० विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक ०.९ विन्दुले बढेर २७२.२७ विन्दुमा पुगेको छ ।

स्टकका अनुसार कूल १७६ कम्पनीको १८ लाख एक हजार ५२२ कित्ता शेयर रु ६१ करोड ४१ लाख ४७ हजार ४११ मूल्यमा कारोवार भएका छन् । कारोवार भएका कूल एघार उपसमूहमध्ये आज पाँच उपसमूहको मात्रै शेयर बढेको छ भने छ उपसमूहको शेयर भने ओरालो लागेको छ ।

बैंकिङ ६.६६, विकास बैंक ०.५७, वित्त १.४५, निर्जीवन बीमा १६.४१, उत्पादन ४६.०८ विन्दुले बढेको छ । यस्तै व्यापार २.७९, होटल १७.३७, जलविद्युत् ४.११, अन्य २.१३, लघुवित्त ४.९५ र जीवन बीमा २२.२२ विन्दुले घटेको छ ।

स्टकका अनुसार मंगलबार छिमेक लघुवित्त विकास बैंकको सबैभन्दा बढी मूल्यमा शेयर कारोवार भएको छ । प्रतिकित्ता र एक हजार २१ मा रु चार करोड ९६ लाख ६६ हजार ५४५ बराबरको कारोवार भयो ।

नेपाल बैंक लिमिटेडको रु चार करोड २१ लाख ९६ हजार २६३, एनएमबी बैंकको रु दुई करोड ९० लाख ६० हजार २६६, एनआइसिएशिया बैंकको रु दुई करोड ७९ लाख १३ हजार २८०, छिमेक लघुवित्त विकास बैंकको संस्थापक शेयर रु दुई करोड ५३ लाख ८० हजार, नबिल बैंकको संस्थापक शेयर रु एक करोड ९८ लाख ७३ हजार १७२ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीले आज ९.८९ प्रतिशतले कमाए । यस्तै श्री इन्भेस्टमेन्ट फाइनान्स ७.१४, राधी विद्युत् कम्पनी ६.५८, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था ४.९१, यूनिलिभर नेपाल लिमिटेडका शेयरधनीले ४.०४ प्रतिशतले कमाएका छन् ।

त्यस्तै घलेम्दी हाइड्रो पावर कम्पनीका शेयरधनीले ४.७९ प्रतिशतले गुमाउँदा अरुण कावेली पावर कम्पनी ४.६७, भागर्व विकास बैंक ४.०९, सिनर्जी पावर डेभलपमेन्ट ३.८८, एनआइबिएल प्रगति फण्डका शेयरधनीले ३.७३ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ५ : ०४ बजे

सालासुङ्गी हाइड्रोपावरका एक मजदुर मृत फेला

रसुवा– उत्तरी रसुवास्थित आमाछोदिङ्मो गापा–५ को सालासुङ्गी हाइड्रोपावरमा काम गर्ने

स्थानीयस्तरमा आँखाको उपचार हुन थालेपछि नगरप्रमुखद्वारा प्रशंसा

चितवन– भरतपुर आँखा अस्पतालले स्थानीयस्तरमा सेवा केन्द्रमार्फत आँखा उपचार गर्न थालेपछि

सिमकोटमा ट्याक्टर दुर्घटना : १५ जना घाइते, एकको अवस्था गम्भीर

सिमकोट–  यहाँको सिमकोट गाउँपालिका–१ बैजीबाडामा ट्याक्टर दुर्घटना हुँदा १५ जना

एमाले पोलिटब्युरो बैठक शनिबार फेरि बस्‍ने

काठमाडौं- नेकपा (एमाले) को शुक्रबारबाट सुरू भएको पोलिटब्युरो बैठक शनिबार

समीरको ६० फिट अग्लो पोस्टर सार्वजनिक गर्दै ‘बलिदान’को प्रचार सुरू

काठमाडौं – नायक समीर भट्टलाई एकल प्रस्तुत गरी ‘बलिदान’ निर्माण